मुख्य समाचार
जाभी हर्नान्डेज नेदरल्यान्ड्स पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त
जाभी हर्नान्डेज नेदरल्यान्ड्स पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

। स्पेनका पूर्व खेलाडी तथा बार्सिलोनाका पूर्व प्रशिक्षक जाभी हर्नान्डेज नेदरल्यान्ड्स पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

डच फुटबल फेडेरेसले बुधबार जाभीलाई सन् २०३० सम्मको लागि प्रशिक्षक नियुक्त गरेको हो ।

नेदरल्यान्ड्सको प्रशिक्षक बनेपछि जाभीले आफ्नो लागि यो ठूलो सम्मानको विषय भएको बताएका छन् ।

४६ वर्षीय जाभीले अब बार्सिलोनाकै पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानको स्थान लिएका हुन् । कोम्यानले फिफा विश्वकपपछि नेदरल्यान्ड्सको प्रशिक्षक पद छाडेका थिए ।


जाभी नेदरल्यान्ड्सको प्रशिक्षक बन्ने सन् १९७८ पछि पहिलो विदेशी प्रशिक्षक बनेका छन् ।

नेदरल्यान्ड्सले ४८ वर्षपछि विदेशी प्रशिक्षक नियुक्त गरेको हो ।

यसअघि पछिल्लो पटक सन् १९७८ मा अस्ट्रियाका एर्नष्ट हापेलले नेदरल्यान्ड्सको प्रशिक्षण सम्हालेका थिए ।

जाभी पहिलो पटक कुनै पनि राष्ट्रिय टिमको प्रशिक्षक बनेका हुन् । यसअघि उनले साउदी क्लब अल शाद र स्पेनको बार्सिलोनाको प्रशिक्षकको रुपमा काम गरेका थिए ।

नेदरल्यान्ड्सको प्रशिक्षकको रुपमा सेप्टेम्बर २४ मा नेसन्स लिगअन्तर्गत जर्मनी विरुद्धको खेलबाट जाभीको जिम्मेवारी सुरु हुनेछ ।

सन् २०२४ मा बार्सिलोनाको प्रशिक्षक पदक छाडेपछि जाभीले कुनै पनि टिम हरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको उमेर समूहको फुटबल टिमले अजरवैजानमा हुने फिफा यू-१५ वर्ल्ड एण्ड फेस्टिभलबमा सहभागिता जनाउने भएको छ । फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको थियो । त्यसका लागि फिफाको २११ वटै सदस्य राष्ट्रलाई आमन्त्रण गरेको र सबैले सहभागिता जनाउने पाउने प्रावधान अनुसार नेपालले पनि खेल्ने भएको निलम्बनमा ...
: नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता १०औं राष्ट्रिय खेलकुद आयोजना हुने मिति पटक–पटक घोषणा हुँदै स्थगित हुने क्रमले प्रतियोगिताको भविष्य नै अन्योलमा परेको अवस्थामा सरकारले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको छ। बिहीबार बसेको राष्ट्रिय खेलकुद परिषद्को १२५औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। राखेपका अध्यक्ष शिक्षा ...
। एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा गरिएको छ । लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने आयोजकको विश्वास छ । सुदूरपश्चिम रोयल ...
। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि रक्षा गरेको छ । अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा बिहीबार राति भएको खेलमा पीएसजीले भिल्लामाथि २–१ को जित निकाल्यो । च्याम्पियन्स लिग विजेता पीएसजीका लागि ख्भिचा भरात्स्खेलियाले २०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । भिल्लाका १७ वर्षीय ब्रायन माडजोले ...
। दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिए । दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ । यसअघि पनि पटकपटक मिति तय भएपनि दशौं खेलकुद ...