मुख्य समाचार
पीएसजीले एस्टन भिल्लालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि रक्षा गरेको छ
पीएसजीले एस्टन भिल्लालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि रक्षा गरेको छ

। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि रक्षा गरेको छ ।

अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा बिहीबार राति भएको खेलमा पीएसजीले भिल्लामाथि २–१ को जित निकाल्यो । च्याम्पियन्स लिग विजेता पीएसजीका लागि ख्भिचा भरात्स्खेलियाले २०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

भिल्लाका १७ वर्षीय ब्रायन माडजोले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । जोन म्याकगिनको क्रसमा भलीमार्फत गोल गर्दै माडजोले सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान बनाए ।

तर ६२औं मिनेटमा डिजाएर डुएले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए । उनको गोललाई अफसाइडको आशंकामा भीएआरबाट जाँच गरिएको थियो । जाँचपछि गोलले मान्यता पाएसँगै पीएसजीले अग्रता जोगाउँदै उपाधि हात पार्‍यो ।

भिल्लाका लागि माडजोले उत्कृष्ट प्रदर्शन गरे पनि उनको गोल टोलीलाई उपाधि दिलाउन पर्याप्त भएन । खेलमा भिल्लाले केही राम्रा अवसर सिर्जना गरे पनि पीएसजीका गोलरक्षक माट्भे साफोनोभले केही उत्कृष्ट बचाउ गरे ।

भिल्लाले गत मेमा युरोपा लिगको उपाधि जितेपछि सुपर कपमा स्थान बनाएको थियो भने पीएसजीले गत सिजन च्याम्पियन्स लिग जित्दै प्रतियोगितामा स्थान बनाएको थियो ।

पीएसजीले गत वर्ष टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो । यससँगै फ्रान्सेली क्लबले उपाधि लगातार दोस्रो वर्ष आफ्नो नाममा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम