मुख्य समाचार
शेरबहादुर देउवाले जनता नै देशका मालिक भएको बताउँदै जे जनताले चाह्यो त्यही हुने बताए
शेरबहादुर देउवाले जनता नै देशका मालिक भएको बताउँदै जे जनताले चाह्यो त्यही हुने बताए

। नेपाली कांग्रेसेका निवर्तमान सभापति शेरबहादुर देउवाले जनता नै देशका मालिक भएको बताउँदै जे जनताले चाह्यो त्यही हुने बताएका छन् । बिहीबार स्वदेश फर्किपछि चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा नेताकार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

‘संविधानसभाले ल्याएको हो, गणतन्त्र । मैले ल्याएको हो ?,’ देउवाले भने, ‘मैले चाहँदा आएको पनि होइन, मैले चाहेर जाँदैन पनि ।’ जनता नै मालिक भएको बताउँदै उनले अगाडि भने, ‘नेपाली जनता सबैभन्दा ठूलो कुरा हो, नेपाली जनता नेपालको मालिक हो, यो मालिकले जे भन्यो त्यही हुन्छ ।’

नेपाली जनता र नेपाली अदालतमाथि आफूलाई पूरा विश्वास रहेको पनि देउवाले बताए । ‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो, यो अदालतप्रति मलाई पूरा विश्वास छ,’ देउवाले भने ।

आफू भोलिका दिनमा पनि लडिरने देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संसदीय उपसमितिले बाल सुधारगृहसम्बन्धी छुट्टै ऐन बनाउन सुझाव दिएको छ । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको बाल सुधारगृह अवलोकन गर्न गठित उपसमितिले यस्तो सुझाव तथा सिफारिससहितको प्रतिवेदन तयार पारेको हो । ‘बाल सुधार गृह सञ्चालनसम्बन्धी छुट्टै ऐन तथा नियमावली निर्माण गरी अधिकार, दायित्व, सेवासुविधा र व्यवस्थापन स्पष्ट गर्नुपर्छ,’ उपसमितिको सुझाव छ, ‘यसका लागि ...
। नेकपा (एमाले) की सांसद मिनासिंह रखालले सरकारको १०० बुँदे कार्ययोजना र कार्यसम्पादनको प्रभावकारितामाथि प्रश्न उठाएकी छिन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रखालले सरकारका कामहरू नतिजामुखी हुनुको सट्टा नागरिकका लागि पीडादायी बनेको आरोप लगाएकी हुन् । सांसद रखालले सरकारले शासकीय सुधारका लागि अघि सारेको कार्यसूचीको दोस्रो बुँदामा उल्लेखित ‘नतिजामुखी र जवाफदेही कार्यसम्पादन’ को ...
। नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो विगतको अनुभव राज्य र पार्टीले लिनुपर्ने बताएका छन्। बिहीबार मात्रै पाँच महिनापछि नेपाल फर्किएका उनले अपिलपत्र जारी गर्दै यस्तो बताएका हुन्। ‘मैले राजनैतिक रुपमा लिनु पर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व ...
। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यसबारे जानकारी गराएकी हुन् । मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको ...
। नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका छन्। आजै सिंगारपुरमा उपचार गराएर स्वदेश फर्किएका देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सजिलो हुँदैन भन्नेकुरा आफूले राम्रोसँग जानेको भनेका हुन् । उनले आफ्नो दायित्व भुलेर सरकार राजनीतिक आग्रह पूर्वाग्रह साँध्न लाग्ने हो भने त्यो मुलुकको हितमा नहुने बताएका छन्। ‘परिवर्तन ...