मुख्य समाचार
नेपाल मिडिया सोसाइटीले पत्रकार किशोर श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न माग
नेपाल मिडिया सोसाइटीले पत्रकार किशोर श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न माग

। नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न माग गरेको छ ।

साथै, प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जारी गरेको विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको उल्लेख छ । ‘पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ ।

पत्रकारले प्रकाशित गरेको समाचारका विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेस काउन्सिलबाट स्थापित प्रक्रियामार्फत समाधान खोज्नुपर्ने सोसाइटीको धारणा छ ।


नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सोसाइटीले पत्रकारलाई समाचार प्रकाशनकै कारण त्रसित बनाउने वा स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने गतिविधिप्रति ध्यानाकर्षण गराएको छ ।

‘नेपाल मिडिया सोसाइटी पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने विषयमा स्पष्ट छ । तर पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार तथा प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्ने सोसाइटीको धारणा छ,’ विज्ञप्तिमा लेखिएको छ ।

स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति नेपाल मिडिया सोसाइटी सदैव सचेत, प्रतिबद्ध र खबरदारीमा रहने पनि उल्लेख छ ।

हिजो नेपाल प्रहरीले पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ ।

आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको छ ।

नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेको छ । श्रेष्ठलाई विनासर्त रिहा गर्न माग गर्दै महासंघको अगुवाइमा पत्रकारहरुले आज जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संसदीय उपसमितिले बाल सुधारगृहसम्बन्धी छुट्टै ऐन बनाउन सुझाव दिएको छ । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको बाल सुधारगृह अवलोकन गर्न गठित उपसमितिले यस्तो सुझाव तथा सिफारिससहितको प्रतिवेदन तयार पारेको हो । ‘बाल सुधार गृह सञ्चालनसम्बन्धी छुट्टै ऐन तथा नियमावली निर्माण गरी अधिकार, दायित्व, सेवासुविधा र व्यवस्थापन स्पष्ट गर्नुपर्छ,’ उपसमितिको सुझाव छ, ‘यसका लागि ...
। नेकपा (एमाले) की सांसद मिनासिंह रखालले सरकारको १०० बुँदे कार्ययोजना र कार्यसम्पादनको प्रभावकारितामाथि प्रश्न उठाएकी छिन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रखालले सरकारका कामहरू नतिजामुखी हुनुको सट्टा नागरिकका लागि पीडादायी बनेको आरोप लगाएकी हुन् । सांसद रखालले सरकारले शासकीय सुधारका लागि अघि सारेको कार्यसूचीको दोस्रो बुँदामा उल्लेखित ‘नतिजामुखी र जवाफदेही कार्यसम्पादन’ को ...
। नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो विगतको अनुभव राज्य र पार्टीले लिनुपर्ने बताएका छन्। बिहीबार मात्रै पाँच महिनापछि नेपाल फर्किएका उनले अपिलपत्र जारी गर्दै यस्तो बताएका हुन्। ‘मैले राजनैतिक रुपमा लिनु पर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व ...
। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यसबारे जानकारी गराएकी हुन् । मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको ...
। नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका छन्। आजै सिंगारपुरमा उपचार गराएर स्वदेश फर्किएका देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सजिलो हुँदैन भन्नेकुरा आफूले राम्रोसँग जानेको भनेका हुन् । उनले आफ्नो दायित्व भुलेर सरकार राजनीतिक आग्रह पूर्वाग्रह साँध्न लाग्ने हो भने त्यो मुलुकको हितमा नहुने बताएका छन्। ‘परिवर्तन ...