मुख्य समाचार
दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ
दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ

। दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिए । दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ ।

यसअघि पनि पटकपटक मिति तय भएपनि दशौं खेलकुद हुन सकेको छैन । २०७९ कात्तिक–मंसिरमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनमा १०औं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो ।

पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन । त्यसपछि २०८१ चैत २३ देखि ३० सम्म हुने भनिएको थियो । तेस्रोपटक २०८२ जेठ ३ देखि १० हुँदै चौथोपटक आगामी फागुन १ देखि ७ चैतका लागि सर्‍यो ।

आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन । फेरि जेठमा गर्ने निर्णय गरेको राखेपले त्यसमा पनि गर्न सकेन ।

त्यसपछि जेनजी मन्त्री बनेका बब्लु गुप्ताले २०८२ फागुनमा गर्ने निर्णय गरे । तर, समय नआउँदै मन्त्रीबाट राजीनामा दिएर चुनावमा लागेपछि चौथोपटकको मितिमा पनि दशौं खेलकुद हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा गरिएको छ । लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने आयोजकको विश्वास छ । सुदूरपश्चिम रोयल ...
। स्पेनका पूर्व खेलाडी तथा बार्सिलोनाका पूर्व प्रशिक्षक जाभी हर्नान्डेज नेदरल्यान्ड्स पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । डच फुटबल फेडेरेसले बुधबार जाभीलाई सन् २०३० सम्मको लागि प्रशिक्षक नियुक्त गरेको हो । नेदरल्यान्ड्सको प्रशिक्षक बनेपछि जाभीले आफ्नो लागि यो ठूलो सम्मानको विषय भएको बताएका छन् । ४६ वर्षीय जाभीले अब बार्सिलोनाकै पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानको ...
। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि रक्षा गरेको छ । अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा बिहीबार राति भएको खेलमा पीएसजीले भिल्लामाथि २–१ को जित निकाल्यो । च्याम्पियन्स लिग विजेता पीएसजीका लागि ख्भिचा भरात्स्खेलियाले २०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । भिल्लाका १७ वर्षीय ब्रायन माडजोले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व फुटबलको सर्वोच्च संस्था फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास गरिए त्यो फिफाका लागि ‘भयानक गल्ती’ हुने बताएका छन्। इन्फान्टिनो नेतृत्वमाथि विश्व फुटबलका विभिन्न शक्तिशाली महासंघबाट प्रश्न उठिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। ‘जियानी इन्फान्टिनोलाई अध्यक्ष पदबाट हटाउनेबारे फिफाले कुनै पनि कारणले सोच्नु पनि भयानक गल्ती हुनेछ’, ट्रम्पले ...
। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । यसअघि नेपालको खेल १ सेप्टेम्बरका लागि तय भएकोमा अब ३१ अगस्टमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनसँग खेल्नेछ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा यूएई, ओमान, ...