मुख्य समाचार
पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना
पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना

। पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ ।

पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना दिएका हुन् । त्यसक्रममा प्रहरी र पत्रकारहरुबीच केहीबेर घम्साघम्सी परेको थियो ।

शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि पत्रकारहरु आक्रोशित भएका थिए । उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’ भन्दै नारासमेत लगाए ।

कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीहरुले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाए ।


उनीहरुले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’, ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । कतिपयले बलिरहेको लाल्टिनसमेत बोकेर प्रदर्शन गरे ।

हिजो नेपाल प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।



आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको छ ।

महासंघले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेको छ । हिजो राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरुको एक टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो ।

श्रेष्ठलाई विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका उनी खरो र निर्भिक पत्रकारका रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए । अर्थमन्त्री वाग्लेले भने, ‘बजेटका सीमाहरु छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगे पनि जनताले खानेपानी, ...
। जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद पूजा चौधरीले सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि तथा खोपको चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चौधरीले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याका बारेमा सरकारको ध्यनाकर्षण गराएकी हुन् । सांसद चौधरीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क प्रश्तुत गर्दै नेपालका करिव २४.९ प्रतिशत नागरिकले ...
। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो । बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उदघाटन गरेकी छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त ...
। कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समितिले उहाँलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन् । यसअघि यही ८ साउनमा समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको सम्पर्क कार्यालय गएका छन् । हङकङबाट स्वदेश फर्किएलगत्तै उनी चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका हुन् । नेता–कार्यकर्ता र सकमर्थकहरूको नाराबाजीका बीच सुरक्षाकर्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्कर्टिङ गरेर उनलाई चुनदेवी पुर्‍याएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार थाई एयरको विमानमार्फत करिब साढे १२ बजे स्वदेश फर्किएका थिए । उनलाई चुनदेवीस्थित ...