। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा राप्रपाले विरोध जनाएको छ । पत्रकार श्रेष्ठ पक्राउको घटनाले प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिविम्बित भएको राप्रपाको ठहर छ ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनको रिहाको माग गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘समाचारको विषयमा उजुरी र छानबीन गर्न प्रेस काउन्सिल जस्ता निकायहरु छन्, सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोज्नु उपयुक्त हुँदैन ।’
उनको प्रश्न छ, ‘राज्यका सबै संयन्त्रको मनोबल कमजोर बनाएर सरकारले हासिल गर्न खोजिरहेको उपलब्धि के होला ? स्वतन्त्र प्रेसलाई निर्वाध काम गर्न देऊ, नियमन गर्नुपर्ने ठाउककबाट नियमन गर, पत्रकार श्रेष्ठलाई रिहा गर ।