मुख्य समाचार
नेपाली कांग्रेसले युवालाई सक्षम र क्षमतावान बनाउन ‘बीउ’ अभियानको घोषणा
नेपाली कांग्रेसले युवालाई सक्षम र क्षमतावान बनाउन ‘बीउ’ अभियानको घोषणा

। नेपाली कांग्रेसले युवालाई सक्षम र क्षमतावान बनाउन ‘बीउ’ अभियानको घोषणा गरेको छ ।

कांग्रेस सभापति गगन थापाले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर केन्द्रीय समिति बैठककाट उक्त अभियानको घोषणा गरेका हुन् । बिल्ड, इनक्युवेट र अपलिफ्ट शब्द संयोजन गरेर बीआईयू (बीउ) अभियान बनाइएको छ ।

यो अभियानले युवालाई सीपसँग, सीपलाई अवसरसँग, अवसरलाई उद्यमसँग र उद्यमलाई आत्मनिर्भरतासँग जोड्ने कांग्रेसले जनाएको छ । देश भरिका युवालाई विउवाट विरूवा र विरूवावाट रूख जस्तो दिगो उद्यमी वनाउने लक्ष्य अभियान मार्फत राखिएको छ ।

‘हरेक युवाभित्र सम्भावनाको एउटा बीउ हुन्छ । कसैभित्र उद्यमी बन्ने क्षमता छ, कसैभित्र प्रविधिको ज्ञान छ, कसैभित्र सिर्जनशीलता छ भने कसैभित्र नेतृत्व गर्ने क्षमता छ,’ अभियानबारे कांग्रेसले भनेको छ । अभियानले युवाको सम्भावनालाई अवसरसँग जोड्ने कांग्रेसको लक्ष्य छ । यस अभियान ललितपुर जिल्लामा गरिने भएको छ । ‘हिमाल पहाड र तराई–मधेसका एकएक जिल्लामा शुरू गरिनेछ र त्यसलाई हामी बिरूवा भन्ने छौ। त्यसपछि देशै भरि रूख जस्तो दिगो हुने गरि अभियान चालिनेछ,’ कांग्रेसले गरेको निर्णयमा भनिएको छ ।


कुनै पनि युवाले ‘मसँग सपना त छ, तर अवसर छैन’ भन्नुपर्ने अवस्था नआओस् भन्नका लागि अभियान सुरु गरिएको कांग्रेसले जनाएको छ । ‘हामी युवाको सपना सुन्नेछौँ । युवाको सम्भावना पहिचान गर्नेछौँ । उनीहरूलाई अवसरसँग जोड्नेछौँ र आफ्नै भविष्य निर्माण गर्न सक्षम बनाउनेछौँ, निर्णयमा भनिएको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन्।
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । राष्ट्रिय सभाको बैठकमा विधेयकमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै मन्त्री पौडेलले हवाई सुरक्षा र यात्रीको अधिकारका विषयमा ...
। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा राप्रपाले विरोध जनाएको छ । पत्रकार श्रेष्ठ पक्राउको घटनाले प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिविम्बित भएको राप्रपाको ठहर छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनको रिहाको माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘समाचारको विषयमा उजुरी र छानबीन ...
। मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रालय घटाउने तयारी भइरहेको छ । मधेश सरकारमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटा मन्त्रालय छन् । अब घटाएर ९ वटा कायम गर्ने सरकारको तयारी छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई र नेकपा एमालेका एक गरी तीन मन्त्रीलाई हटाउने गरी मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य भइरहेको स्रोत बतायो । दुई ...
। धनकुटा सदरमुकामस्थित पुरानो सामुदायिक भवन ४८ वर्षपछि पुनर्निर्माण तथा प्रबलीकरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, धनकुटामार्फत ९७ लाख १४ हजार ५ सय १५ रुपैयाँ खर्चेर भवनको मर्मतसम्भार गरिएको हो । २०३५ सालमा तत्कालीन नगर विकास आयोजनाबाट निर्माण भएको भवन लामो समयदेखि जीर्ण अवस्थामा थियो । भित्ता चर्किनुका साथै छानाबाट पानी ...