मुख्य समाचार
साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा
साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा

: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ ।
जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना र अन्य क्षेत्रमा २०० जना रहेका छन् । जेलमा रहेका नेपालीको मुद्दाको प्रकृति हेर्दा सबैभन्दा गम्भीर अवस्था लागूऔषध र मदिरासम्बन्धी अपराधमा देखिएका छन । तथ्यांकअनुसार कुल ९११ मध्ये ८३५ जना अर्थात् ९१.६ प्रतिशत लागूऔषध मुद्दामा जेल परेका छन् ।

साउदी अरबमा लागूऔषधसम्बन्धी अपराधलाई अत्यन्त गम्भीर अपराधका रूपमा लिइन्छ । लागूऔषध उत्पादन, ओसारपसार, बिक्री तथा तस्करीमा संलग्न भएको पुष्टि भएमा मुद्दाको प्रकृति र प्रमाणअनुसार कडा सजाय हुने गरेको पाइन्छ । तथ्याङ्क अनुसार लागूऔषधसम्बन्धी मुद्दामा १८ वर्षसम्मको जेल सजाय र ४० लाख साउदी रियालसम्म जरिवाना भएको उल्लेख छ । गम्भीर प्रकृतिका लागूऔषध तस्करीका मुद्दामा मृत्युदण्ड समेत हुनसक्ने भएकाले नेपाली कामदारलाई विशेष सावधानी अपनाउन आग्रह समेत गरिएको छ ।

फैसला भएका ४९९, मध्ये ४१२ अझै प्रक्रियामा रहेका छन् । तथ्यांकअनुसार ९११ नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ । बाँकी ४१२ जना अझै न्यायिक प्रक्रियामा छन् । फैसला भएका मुद्दामा अपराधको प्रकृतिअनुसार सजाय फरक–फरक रहेको छ । केही मुद्दामा एक महिनाको जेल सजाय र १ हजार साउदी रियाल जरिवानादेखि गम्भीर मुद्दामा १८ वर्षसम्मको जेल सजाय र ४० लाख रियालसम्म जरिवाना भएको विवरणमा उल्लेख गरिएको छ ।

नेपाली राजदूतावास रियादकी कार्यवाहक राजदूत सिर्जना अधिकारीले साउदीमा कार्यरत नेपाली कामदारलाई स्थानीय कानूनको पूर्ण पालना गर्दै सुरक्षित र मर्यादित रूपमा काम गर्न आग्रह गरेकी छिन् भने विशेष गरी लागूऔषध, मदिरा तथा अन्य प्रतिबन्धित वस्तुसँग सम्बन्धित गतिविधिबाट पूर्ण रूपमा टाढा रहन उनले नेपाली समुदायलाई आग्रह समेत गरेकी छन् । साथै साउदीको कानूनबारे पर्याप्त जानकारी नहुँदा कतिपय नेपाली अनावश्यक कानुनी झमेलामा पर्ने गरेको भन्दै अधिकारीले अरूको सामान वा पार्सल बोक्नुअघि त्यसमा के छ भन्ने सुनिश्चित गर्न तथा अपरिचित व्यक्तिको सामान नबोक्न आग्रह गर्दै दूतावासले पनि साउदी आउनुअघि नै मदिरा, नसालु पदार्थलगायत प्रतिबन्धित वस्तु नल्याउन नेपाली कामदारलाई सचेत गराउँदै आएको बताइन् ।

साउदीमा लागूऔषध तस्करीसम्बन्धी अपराधमा विदेशी नागरिक समेत मृत्युदण्डमा परेको घटना सार्वजनिक हुँदै आएका छन् । त्यसैले साथी वा परिचितको आग्रहमा कुनै पनि अपरिचित सामान, पार्सल वा झोला बोक्नु नेपाली कामदारका लागि ठूलो जोखिम बन्न सक्छ भने मदिरासँग सम्बन्धित मुद्दा पनि ठूलो अपराधको रुपमा लिइन्छ भने Þजेलमा रहेका नेपालीको ठूलो हिस्सा मदिरासम्बन्धी मुद्दामा रहेको तथ्यांकले देखाएको छ ।

मदिरा उत्पादन, सेवन, ओसारपसार, बिक्री तथा खरिद जस्ता गतिविधिले पनि कानुनी समस्या निम्त्याउन सक्ने भएकाले कामदारलाई यस विषयमा सचेत हुन आग्रह गरिएको छ । हत्या मुद्दामा पनि कडा सजाय दिएको पाइएको छ । साउदी कानुनमा हत्या अत्यन्त गम्भीर अपराध मानिन्छ । हत्या प्रमाणित भएमा मुद्दाको प्रकृति र कानुनी प्रक्रियाअनुसार मृत्युदण्डसम्मको सजाय हुनसक्छ ।

यद्यपि हाल उपलब्ध जेल विवरणमा हत्या मुद्दाको नयाँ केस रिपोर्ट हालसम्म नभएको जनाइएको छ । यसअघि हत्या मुद्दामा समेत मृत्युदण्डसम्मको सजाय हुने गरेको उल्लेख गरिएको छ । साउदी अरब रियादमा कार्यरत श्रम काउन्सिलर कबिराज उप्रेतीका अनुसार लोभमा परेर कानुन नतोड्न आग्रह गरेका छन् । साथै नेपाली कामदारलाई साउदीको कानुनबारे जानकारी राखेर काम गर्न आग्रह समेत गरेका छन । अपरिचित व्यक्तिको अनुरोधमा पार्सल लैजाने वा बढी कमाइको लोभमा गैरकानुनी काममा संलग्न हुने प्रवृत्तिले गम्भीर कानुनी परिणाम निम्त्याउन सक्ने उनको भनाइ छ ।

साउदीमा करिब चार लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिँदै आएको अवस्थामा ९११ जना जेलमा रहेको तथ्यांक आफैंमा गम्भीर विषय हो । अझ जेलमा रहेकामध्ये ९१.६ प्रतिशत लागूऔषध तथा मदिरासम्बन्धी मुद्दामा जोडिनु नेपाली समुदायका लागि ठूलो चेतावनी बनेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीलाई प्रस्थानपूर्व नै सम्बन्धित देशको कानुन, निषेधित वस्तु, लागूऔषध, मदिरा, कागजात र आपराधिक गतिविधिसम्बन्धी स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता यो तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...