मुख्य समाचार
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसको खोजी र शव निकाल्न दिनरात खटिएका छन्
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसको खोजी र शव निकाल्न दिनरात खटिएका छन्

: पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसको खोजी र शव निकाल्न दिनरात खटिएका छन् । सरकारी तथ्यांकअनुसार शक्तिशाली भूकम्पका कारण देशभर कम्तीमा २५४ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश पेरेइरा र काली सहरका छन् ।

कालीका २२ वर्षीय पत्रकारिता विद्यार्थी लुइस साएन्जले भने, ‘मेरो लागि भूकम्प कहिल्यै अन्त्य नहुने जस्तो लागेको थियो ।’ सोमबार बिहान ७ः३४ बजे भूकम्प जाँदा साएन्ज घरमा बिहानको कफी पिइरहेका थिए । भूकम्प सुरु भएपछि उनको बिरालो खाटमुनि लुकेको र त्यसपछि परिवारका सदस्यहरू घरबाट बाहिर सडकमा भागेको उनले सम्झिए ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार करिब ५ हजार घरमा क्षति पुगेको छ भने दर्जनौं आवासीय भवन पूर्ण रूपमा भत्किएका छन् । कोलम्बियाको तेस्रो ठूलो सहर कालीमा मात्रै स्थानीय सरकारी तथ्यांकअनुसार कम्तीमा ९५ जनाको मृत्यु भएको छ भने ४५ वटा संरचना पूर्ण वा आंशिक रूपमा भत्किएका छन् ।

भ्यान्सा भवनमा उद्धार कार्य भइरहेको हेर्दै स्थानीय बासिन्दा मारिया इसाबेल कुम्बाल रोइरहेकी थिइन् । उनले भनिन्, ‘मैले आफ्नो सहरलाई यस्तो अवस्थामा देख्नुपर्ला भनेर कहिल्यै सोचेकी थिइनँ ।’ साततले आवासीय भवन सोमबारको भूकम्पमा पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको थियो ।
उद्धारकर्ताहरूले अहिले हथौडा, बेल्चा तथा ठूला मेसिन प्रयोग गर्दै बाक्ला कंक्रिटका संरचना हटाएर भग्नावशेषमुनि फसेका अनुमानित २० जनालाई जीवितै उद्धार गर्ने प्रयास गरिरहेका छन् ।

भत्किएको भवन वरपर सयौँ स्वयंसेवकले पनि उद्धार कार्यमा सहयोग गरिरहेका छन् । उनीहरूले मानव शृंखला बनाएर भग्नावशेषबाट बाल्टिनमा माटो तथा अन्य सामग्री निकालेर डम्प ट्रकसम्म पुर्‍याइरहेका छन् । समय–समयमा उद्धारकर्तामध्ये कसैले मुट्ठी उठाएर शान्त रहन संकेत गर्छन्, ताकि आपतकालीन उद्धारकर्मीहरूले भग्नावशेषभित्रबाट जीवनको कुनै संकेत वा आवाज सुन्न सकून् । भवन भत्किँदा त्यसको संरचना छेउको अर्को भवनमाथि खसेको थियो । त्यहाँ एउटा बालबालिकाको नर्सरी समेत रहेको स्वयंसेवकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम