मुख्य समाचार
रास्वपाको विदेशस्थित संगठनले भन्यो : एनआरएनएको जिम्मेवार पदमा बस्ने नीति छैन
रास्वपाको विदेशस्थित संगठनले भन्यो : एनआरएनएको जिम्मेवार पदमा बस्ने नीति छैन

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विदेशस्थित शुभेच्छुक संस्था प्रवास नेपाली सम्पर्क विभागले एनआरएनएलगायतका संस्थामा पदीय जिम्मेवारी लिने पार्टीको नीति नरहेको स्पष्ट पारेको छ ।

३६ देशबाट प्रवास नेपाली सम्पर्क विभागका प्रमुखहरुले विज्ञप्ति निकालेर विदेशस्थित विभागमा बस्ने व्यक्ति संघ सस्थाको पदाधिकारी वा जिम्मेवार पदमा बस्न नमिल्ने बताएका छन् । ‘कुनै व्यक्ति त्यस्तो जिम्मेवारीमा आवद्ध भएको अवस्थामा निज प्रवास विभागको संगठनात्मक जिम्मेवारीमा रहन नमिल्ने व्यवस्था रहेको स्पष्ट पार्न चाहन्छौं,’ ३६ देशका विभाग प्रमुखले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

वंशजको नागरिकता सम्बन्धमा धारणा राख्दै विदेशस्थित शुभेच्छुक संस्थाका प्रमुखहरुले नागरिकता ऐन २०६३ मा आवश्यक संशोधन तथा परिमार्जनको माग गरेका छन् । ‘यस विषयलाई केवल नागरिकताको प्रश्नका रुपमा नभई प्रवासी नेपाली र नेपालको दीर्घकालीन सम्बन्। लगानी, पहिचान, अधिकार तथा राष्ट्रिय समृद्धिसँग जोडिएको महत्वपूर्ण नीतिगत विषयका रुपमा लिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तामझामसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवाससम्म पुगेका छन् । आफ्नो समूह निकट नेता र कार्यकर्ताहरूको उल्लेख्य भिडका बीच देउवालाई प्रहरीको कडा सुरक्षा घेरा र स्कर्टिङसहित धुम्बाराहीस्थित निवाससम्म पुर्‍याइएको थियो । पाँच महिना लामो विदेश बसाइपछि आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई समर्थक तथा नेता–कार्यकर्ताको उल्लेख्य ...
। सुन्धारा कारागारबाट फरार कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने ६१ वर्षीय पदम घ्याम्छो तामाङ छन् । उनलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको हो । उनी जनेजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए । तामाङ जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका ...
। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् । बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन् । सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड ...
। संसदीय उपसमितिले बाल सुधारगृहसम्बन्धी छुट्टै ऐन बनाउन सुझाव दिएको छ । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको बाल सुधारगृह अवलोकन गर्न गठित उपसमितिले यस्तो सुझाव तथा सिफारिससहितको प्रतिवेदन तयार पारेको हो । ‘बाल सुधार गृह सञ्चालनसम्बन्धी छुट्टै ऐन तथा नियमावली निर्माण गरी अधिकार, दायित्व, सेवासुविधा र व्यवस्थापन स्पष्ट गर्नुपर्छ,’ उपसमितिको सुझाव छ, ‘यसका लागि ...
। नेकपा (एमाले) की सांसद मिनासिंह रखालले सरकारको १०० बुँदे कार्ययोजना र कार्यसम्पादनको प्रभावकारितामाथि प्रश्न उठाएकी छिन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रखालले सरकारका कामहरू नतिजामुखी हुनुको सट्टा नागरिकका लागि पीडादायी बनेको आरोप लगाएकी हुन् । सांसद रखालले सरकारले शासकीय सुधारका लागि अघि सारेको कार्यसूचीको दोस्रो बुँदामा उल्लेखित ‘नतिजामुखी र जवाफदेही कार्यसम्पादन’ को ...