मुख्य समाचार
मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति
मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति

। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो।

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ।

मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ ।

उपलब्ध जग्गामा भूउपयोग वर्गीकरणअनुसार अन्न, तरकारी, नगदेबाली, फलफूल खेती तथा माछा र पशुपन्छीपालनजस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। साथै स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गसँग जोडिनेछ।


बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय मंगले बोटे रहेका छन् । मंगलबार बिहान करिब ५ बजेतिर मर्निङ वाकमा निस्किएका बोटेलाई भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघले आक्रमण गरेको थियो । मर्निङवाकमा निस्किएका बोटे एक्कासी बेपत्ता भएपछि उनको खोजतालस गरिएको थियो । बिहान करिब ८ बजेतिर उक्त स्थानमा बाघ देखिएको भन्ने खबरपाएसँगै प्रहरी, ...
। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यहाँका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिएको छ । प्रशासन कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेदेखि चार वटा टोली परिचालन गरेर १३ वटा सरकारी कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्वीकृति नलिई बिदा वा काजमा बसेका, हाजिर गरेर कार्यालयमा उपस्थित नभएका तथा ढिला कार्यालय आउने कर्मचारीको ...
— सुर्खेतको भेरीगंगा नगरपालिका १३ रामघाटमा घरयासी विवादका क्रममा श्रीमतीलाई हत्या प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान्‌लाई नियन्त्रणमा लिएको छ। भेरीगंगा १३ रामघाटकी ५० वर्षीया महेश्वरी रानालाई उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानाले बुधबार साँझ घरयासी विवादपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। घाइते ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंका अनुसार ९ वटा काम गरे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लै हुने छैनन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई इंगित गर्दै उनले यस्तो बताएका हुन्। ‘सम्माननीय सभामुख ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यूको एउटा फेसबुक स्टाटस आएछ । म एक्लै छु,’ उनले भनेका छन्, ...
। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण गराउँदै सरकारी संयन्त्र मात्र संलग्न आयोगले सरकारका कमजोरी ढाकछोप गर्ने ...