मुख्य समाचार
सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिए
सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिए

। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यहाँका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिएको छ ।

प्रशासन कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेदेखि चार वटा टोली परिचालन गरेर १३ वटा सरकारी कार्यालयमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा स्वीकृति नलिई बिदा वा काजमा बसेका, हाजिर गरेर कार्यालयमा उपस्थित नभएका तथा ढिला कार्यालय आउने कर्मचारीको विवरण संकलन गरिएको हो ।

अनुगमन गरिएका कार्यालयमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, जिल्ला समन्वय समिति, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, पूर्वाधार विकास कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, प्रदेश अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय, भूमि प्रशासन कार्यालय, नापी कार्यालय, एकीकृत सेवा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र डिभिजन वन कार्यालय रहेका छन् ।


अनुगमनका क्रममा स्वीकृति नलिई बिदा वा काजमा बसेका सात जना, हाजिर गरी कार्यालयमा उपस्थित नभएका एक जना र ढिला उपस्थित भएका १२ जना कर्मचारी भेटिएका छन् ।

त्यस्तै, समयपालन पूर्ण रूपमा पालना नगरेका १४ जनाको विवरणसमेत अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यालयमा गरिएको अनुगमनका क्रममा कैफियत देखिएका कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित कार्यालयलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

साथै, कारबाहीको विवरण सात दिनभित्र जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति र समयपालनलाई प्रशासनले प्राथमिकतामा राखेको बताए ।

छड्के अनुगमनको उद्देश्य कर्मचारीलाई दु:ख दिने नभई सरकारी सेवा प्रवाहलाई नियमित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ । वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफूलहरू सामुहिक रूपमा खुवाइएको थियो । उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्राईगन फ्रुट, केरा, फर्सी, खरभुजा लगायतको परिकार खान दिइएको थियो । वनभोजमा सरकारी र निजी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम भइरहेको ...
: युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू र युवा तथा ...
: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको छड्के अनुगमनमा ३४ जना कर्मचारी कानुनी कारवाहीमा परेका छन्। अनुगमनका क्रममा ८ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए भने १२ जना ढिलोगरी कार्यालय आएका र १४ जनाले ड्रेसकोडको पूर्ण पालना नगरेको भेटिएका हुन्। जिल्ला सदरमुकामस्थित विभिन्न १३ वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका लागि छुट्टाछुट्टै ४ समूह खटाइएको ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी छिन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समिति बैठकमा अनलाइन ट्रयाकिङ प्रणालीमार्फत ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी हुन् । उनले गुगल फर्मको प्रयोग गरी उद्योगहरूबाट सिलिन्डर बिक्री ...