: कैलालीबाट १६.२९० ग्राम खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको टोलीले खैरो हेरोइनसहित कैलालीका ५ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए।
उनका अनुसार कैलालीको जोशीपुर गाउँपालिका–२ बस्ने २८ वर्षीय रामराल डगौरा, धनगढी उपमहानगरपालिका–७ बस्ने २३ वर्षीय अनिल चौधरी, गोदावरी नगरपालिका–४ बस्ने ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय बिजय चौधरी पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथमा रहेको ५ थान मोबाइल बरामद गरिएको छ।
रेग्मीका अनुसार पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालयहरूमा बुझाइएको छ।