मुख्य समाचार
प्रदेश सरकारमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न निर्देशन
प्रदेश सरकारमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न निर्देशन

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेश सरकारमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न निर्देशन दिएका छन्।

सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दलहरूको सिट संख्यालाई मुख्य आधार मानेर मन्त्रालय बाँडफाँट गर्न निर्देशन ओली र प्रचण्डको छ।

गत साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि यस्तो आधार तय गरिएको हो।

सहमति अनुसार मन्त्रालय बाँडफाँट गर्दा सम्बन्धित दलहरूको प्रदेशसभा सदस्य संख्याको अनुपातलाई आधार मानिनेछ। त्यस्तै मुख्यमन्त्री तथा प्रदेशसभाको सभामुखको जिम्मेवारीलाई समेत समग्र शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ।

मन्त्रालय छनोट गर्दा भने पालैपालो प्राथमिकता दिने व्यवस्था गरिएको छ। पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने र त्यसपछि दोस्रो मन्त्रालय मुख्यमन्त्री रहेको दलले छनोट गर्ने सहमतिमा उल्लेख छ।

त्यसपछि यही क्रम पालैपालो दोहोर्‍याउँदै सबै मन्त्रालयको बाँडफाँट गरिनेछ। यसरी प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँट गर्दा प्रदेशसभामा दलहरूको शक्ति सन्तुलन कायम गर्दै दुवै पक्षलाई समान र न्यायोचित अवसर दिने आधार तय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय करण ऐर, काठमाडौं महानगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका-२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवास मर्मत–संरक्षणका लागि विनियोजित बजेट अस्वीकार गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा कोइरालाले आर्थिक वर्ष २०८३ /०८४ को बजेटमा कोइराला निवास मर्मत तथा संरक्षणका लागि विनियोजन गरिएको दुई करोड रुपैयाँप्रति सरकारलाई धन्यवाद दिँदै उक्त रकम फिर्ता गर्न आग्रह गरेका ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका इलाको चुलाचुली गाउँपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलन कुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। आयोगका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका श्रेस्ता सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री वाग्लेले जेनजी आन्दोलनका क्रमा जलेका श्रेस्ता वैकल्पिक स्रोतहरूबाट उत्खनन, रुजु र प्रमाणीकरण गर्नु नै वैज्ञानिक बाटो हुने बताएका ...
: प्रतिनिधिसभाका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाह जिद्दी स्वभावको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनेमा आफूलाई विश्वास नभएको बताएका छन् । उनले सभामुख संसदको अभिभावक भएको बताउँदै प्रधानमन्त्रीसँग बैठक बसेर सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्न माग गरेका छन् ।