मुख्य समाचार
सांस्कृतिक पर्व गथाँमुग चह्रे सम्पन्न
सांस्कृतिक पर्व गथाँमुग चह्रे सम्पन्न

: मंगलबार दिनभर भक्तपुरको दोबाटो र चौबाटोमा प्रदर्शन गरी राखिएका त्रिखुट्टे राक्षस घण्टाकर्णको पुतला साँझ बस्ती बाहिर पुर्याई जलाइएको छ।

गथाँमुग चह्ने अर्थात् घण्टाकर्ण चतुर्दशी मनाउने क्रममा पर्वको परम्परा अनुसार नर्कट, निगालो र छ्वाली लगायतबाट बनाइएको राक्षसलाई साँझ परेपछि स्थानीयवासीले बाजागाजासहित अश्लील गाली गर्दै बस्ती बाहिर पुर्याई जलाएका छन्।

हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवा: समुदायले मनाउने यो पर्व भक्तपुरमा मंगलबार परम्परागत विधि अनुसार मनाइएको हो। नेपाली भाषामा ‘ग’ को अर्थ घर, ‘थाँ’ को अर्थ स्तम्भ, र ‘मुग’ को अर्थ बलियो भन्ने बुझिन्छ। चतुर्दशीलाई नेवारीमा ‘चह्रे’ भन्ने गरिन्छ।

नेवा: समुदायले घरभित्रका भूत, प्रेत, पिशाच, राक्षस र रोगव्याधि भगाई बलियो र सुरक्षित बनाएको प्रतिकका रुपमा यो पर्वलाई उत्साहपूर्वक मनाएका छन्। आफ्नो घर, टोल र नगर सफा, बलियो र सुरक्षित बनाइराख्न यो पर्व मनाउने गरेको स्थानीयहरु बताउँछन्।

खेतीको समयमा घरको सरसफाइ नहुने हुँदा फोहोर जम्मा हुने सम्भावना हुन्छ। घरका अँध्यारा कुना र फोहोरमा भूतप्रेतको बास हुने भन्दै यो दिन सरसफाइ गरिन्छ। कसिङ्गरलाई कलात्मक बनाइ जलाइने भएकोले यो सांस्कृतिक पर्व विज्ञानसँग जोडिएको स्थानीय शिक्षक प्रकाश दुवाल बताउँछन्।

यो पर्वमा राक्षसको आकृति बनाउँदा नांगो बनाइन्छ भने जलाउन जाँदा अश्लील गालीगलौज गर्ने परम्परा रहेको छ। यो पर्व मनाउँदै आएका पत्रकार सुन्दर सिल्पकार यसलाई तत्कालीन यौन शिक्षासँग जोडेर हेर्नुपर्ने तर्क गर्छन्। नकारात्मक ऊर्जालाई भगाउने अर्थमा पनि यो पर्वको विशेष महत्त्व रहेको उनको भनाइ छ। रोपाइँपछि भक्तपुरको पहिलो पर्व गथाँमुगसँगै अब जात्रा र पर्व भित्रिने संस्कृतिविदहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय करण ऐर, काठमाडौं महानगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका-२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवास मर्मत–संरक्षणका लागि विनियोजित बजेट अस्वीकार गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा कोइरालाले आर्थिक वर्ष २०८३ /०८४ को बजेटमा कोइराला निवास मर्मत तथा संरक्षणका लागि विनियोजन गरिएको दुई करोड रुपैयाँप्रति सरकारलाई धन्यवाद दिँदै उक्त रकम फिर्ता गर्न आग्रह गरेका ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका इलाको चुलाचुली गाउँपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलन कुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। आयोगका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका श्रेस्ता सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री वाग्लेले जेनजी आन्दोलनका क्रमा जलेका श्रेस्ता वैकल्पिक स्रोतहरूबाट उत्खनन, रुजु र प्रमाणीकरण गर्नु नै वैज्ञानिक बाटो हुने बताएका ...
: प्रतिनिधिसभाका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाह जिद्दी स्वभावको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनेमा आफूलाई विश्वास नभएको बताएका छन् । उनले सभामुख संसदको अभिभावक भएको बताउँदै प्रधानमन्त्रीसँग बैठक बसेर सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्न माग गरेका छन् ।