मुख्य समाचार
उत्तरी गोरखाको धार्चे–२ दोभान र धार्चे १ हुल्चुक जोड्ने गरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य सम्पन्न
उत्तरी गोरखाको धार्चे–२ दोभान र धार्चे १ हुल्चुक जोड्ने गरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य सम्पन्न

: उत्तरी गोरखाको धार्चे–२ दोभान र धार्चे १ हुल्चुक जोड्ने गरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। दोभान खोला जलविद्युत् आयोजनाले उक्त बेलीबिज्र निर्माण गरेको धार्चे–१ हुल्चुकका वडाअध्यक्ष रामसिंह गुरुङले जानकारी दिए।
बुढीगण्डकी नदीमाथि करिब ४२ मिटर लामो बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए। गुरुङका अनुसार दोभान खोला हाइड्रोपावर आयोजनाले आफ्नो परियोजनाको काम सञ्चालन गर्नका लागि र स्थानीयवासीलाई समेत आवतजावतमा सजिलो होस् भन्ने उद्देश्यले उक्त पुल निर्माण गरिएको वडाअध्यक्ष गुरुङले जानकारी दिए।

बेलिब्रिज निर्माण भएपछि बेनिघाट–लार्के सडकबाट हुल्चुकसम्म सवारी साधन सहजै पुग्न सक्ने हुँदा स्थानीयवासीलाई ठूलो राहत पुग्ने विश्वास गुरुङले व्यक्त गरे। जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पुल निर्माण गरेको हो। ‘पुल हामी हुल्चुकबासीको आवश्यकता हो’, गुरुङले भने, ‘हाइड्रोपावरको काम पनि पुल निर्माण नगरी अघि नबढ्ने रहेछ। पुल बनेपछि आयोजनाको काम पनि अघि बढ्ने भयो। हामी हुल्चुकबासी पनि लाभान्वित हुने भयौं।’

धार्चेको सबै वडामा मोटरबाटो पुगे पनि पुल नहुँदा धार्चे गाउँपालिका–१ हुल्चुकमा अहिलेसम्म सडक सञ्जालले जोड्न सकेको थिएन। पुल बनेर यहाँ पनि मोटर चल्न थालेपछि धार्चे गाउँपालिकाको सबै वडाहरूमा यातायातको सुबिधा पुग्ने वडाअध्यक्ष गुरुङको भनाइ छ।

हुल्चुकमा यातायातको सुबिधा नहुँदा महँगोमा खाद्यन्न सामाग्री ढुवानी गर्नुपर्ने बाध्यक्ष रहेको थियो। ‘धार्चे–३ दोभानसम्म बजारकै भाउमा सामान आउँछ। तर, दोभानपारि हुल्चुकमा मोटर नआउँदा खाद्यान्न सामाग्री प्रतिकेजी ५ रुपैयाँको दरले भाडा तिरेर खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता थियो’, वडाअध्यक्ष रामसिंह गुरुङले भने। बेलिबिज्र निर्माण भएपछि हुल्चुकवासीले बजारको मूल्यमा नै खाद्यान्न खरिद बिक्री गर्न पाउने उनले बताएका छन्। करिब ५ करोड रुपैयाँ लागतमा बेलीिब्रज निर्माण भएको हो। सो पुल निर्माणको काम गत फागुनबाट सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय करण ऐर, काठमाडौं महानगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका-२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवास मर्मत–संरक्षणका लागि विनियोजित बजेट अस्वीकार गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा कोइरालाले आर्थिक वर्ष २०८३ /०८४ को बजेटमा कोइराला निवास मर्मत तथा संरक्षणका लागि विनियोजन गरिएको दुई करोड रुपैयाँप्रति सरकारलाई धन्यवाद दिँदै उक्त रकम फिर्ता गर्न आग्रह गरेका ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका इलाको चुलाचुली गाउँपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलन कुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। आयोगका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका श्रेस्ता सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री वाग्लेले जेनजी आन्दोलनका क्रमा जलेका श्रेस्ता वैकल्पिक स्रोतहरूबाट उत्खनन, रुजु र प्रमाणीकरण गर्नु नै वैज्ञानिक बाटो हुने बताएका ...
: प्रतिनिधिसभाका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाह जिद्दी स्वभावको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनेमा आफूलाई विश्वास नभएको बताएका छन् । उनले सभामुख संसदको अभिभावक भएको बताउँदै प्रधानमन्त्रीसँग बैठक बसेर सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्न माग गरेका छन् ।