मुख्य समाचार
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु

: काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पोको शुभारम्भ गरेका हुन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म एक्स्पो सञ्चालन हुने जनाइएको छ।

६ दिनसम्म चल्ने एक्स्पोमा दुईपाङ्ग्रे्रे, चारपाङ्ग्रे्रे र व्यावसायिक सवारीसाधनका साथै विद्युतीय (ईभी) तथा हाइब्रिड प्रविधिका नयाँ गाडी मुख्य आकर्षण बनेका छन्। आयोजकका अनुसार प्रदर्शनीमा ५५ भन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन् भने दुईपाङ्ग्रे्रे सवारीका १८ र चारपाङ्ग्रे्रेका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदैछ। यी नयाँ सवारीसाधन पहिलोपटक नेपाली बजारमा सार्वजनिक हुँदै जाने जनाइएको छ। अटो सोमा २० लाखदेखि साढे ३ करोड रुपैयाँसम्मका विद्युतीय गाडी प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा कुल ५२ वटा स्टल राखिएका छन्। एक वर्षअघि उत्पादक र आयातकर्ता मिलेर स्थापना गरिएको नाइमाले यो दोस्रो संस्करणको एक्स्पो आयोजना गरेको हो।

एक्स्पोमा चारपाङ्ग्रे्रेतर्फ हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, एमजी, सिट्रोन, आईकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआईसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लिपमोटर र वुलिङ ब्रान्ड सहभागी छन्।




त्यस्तै, दुईपाङ्ग्रे्रेतर्फ बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, एनआईयू (निउ), प्युजो, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफ मोटो, ट्रायम्फ र जेएक्स मोटर ब्रान्ड रहेका छन्।

विशेषगरी विद्युतीय सवारीतर्फ ग्राहकको आकर्षण बढेकाले यसपटकको एक्स्पोमा ईभीको उपस्थिति उल्लेख्य रहेको आयोजकले जनाएको छ। विभिन्न ब्रान्डले नयाँ ईभी, हाइब्रिड र प्लग–इन हाइब्रिड मोडलमार्फत नेपाली बजारमा आफ्नो प्रतिस्पर्धा बढाएका छन्।

दुईपाङ्ग्रे्रे सेग्मेन्टमा पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलका नयाँ मोडल प्रदर्शनमा छन्। प्युजो, एनआईयू, याडिया, एथर र ग्यारोजस्ता इलेक्ट्रिक ब्रान्डसँगै बजाज, टीभीएस, केटीएम र ट्रायम्फका उत्पादन पनि एक्स्पोमा राखिएका छन्। एक्स्पोमा ग्राहकले विभिन्न ब्रान्डका सवारीसाधनको मूल्य, रेन्ज, ब्याट्री क्षमता, सुरक्षा प्रविधि, डिजाइन तथा अन्य सुविधाबारे प्रत्यक्ष जानकारी लिन र मोडलहरू तुलना गर्न सक्नेछन्। उद्घाटन समारोहमा नाइमा अध्यक्ष वैद्यले यातायात नीति र पूर्वाधार विकासमा जोड दिइन्।

आयोजकका अनुसार एक्स्पोले नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारीको बजारसँगै पेट्रोल र हाइब्रिड सवारीबीचको प्रतिस्पर्धालाई समेत स्पष्ट रूपमा देखाउनेछ। प्रवेश शुल्क विद्यार्थीका लागि १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ तोकिएको छ।

नाइमा एक्स्पोमा सवारीसाधनका नयाँ मोडलका साथै विद्युतीय प्रविधि, चार्जिङ पूर्वाधार, सुरक्षा प्रणाली, कनेक्टिभिटी र आधुनिक ड्राइभिङ सुविधालाई समेत प्राथमिकता दिइएको छ। एउटै प्लेटफर्ममा कम मूल्यका सहरमुखी ईभीदेखि प्रिमियम सातसिटे एसयूभी र विद्युतीय पिकअपसम्म उपलब्ध भएपछि नेपाली उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न विकल्प तुलना गर्न सक्नेछन्।

कुन सवारीको कति मूल्य ?

एक्स्पोमा सार्वजनिक भएका नयाँ चारपाङ्ग्रे्रे सवारीमध्ये सबैभन्दा कम मूल्यको मोडल टाटाको टियागो ईभी रहेको छ। यसको टप–इन्ड भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यसपछि चेरीले नयाँ ‘चेरी क्यू३’ नेपाली बजारमा ल्याएको छ, जसको सुरुवाती मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ। टाटा मोटर्सले पनि नयाँ पन्च ईभी सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। प्रोटोनले पनि विद्युतीय सवारीसाधनको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै ‘ई–मास फाइभ’ सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ। यसले ३० देखि ३५ लाख रुपैयाँको मूल्य समूहमा टाटाको पन्च ईभी र टियागो ईभीसँग प्रतिस्पर्धा गर्ने देखिएको छ।

मध्यम मूल्य समूहमा लिपमोटरले ‘बी जेरो थ्री एक्स’ सार्वजनिक गरेको छ, जसको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, नेपालमै एसेम्बल गरिएको हुन्डाईको ‘अल न्यु भेन्यु’ पनि एक्स्पोमा सार्वजनिक गरिएको छ, जसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ।

निसानले एक्स्पोमा ‘टेकटन’ एसयूभी सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ५१ लाख २९ हजार रुपैयाँ रहेको छ। ओमोडाले ‘ई फाइभ प्रो’ सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य ५१ लाख ५९ हजार रुपैयाँ छ। त्यस्तै, ओरा फाइभ ईभीको मूल्य ५३ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

महिन्द्राले पनि आफ्नो नयाँ विद्युतीय एसयूभी ‘एक्सईभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ६० लाख रुपैयाँ रहेको छ। मध्यम तथा प्रिमियम मूल्य समूहमा सार्वजनिक भएका यी मोडलले नेपाली विद्युतीय सवारी बजारमा थप प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।

एक्स्पोमा मध्यम मूल्यका कार तथा एसयूभीसँगै उच्च मूल्यका प्रिमियम र विद्युतीय सवारीसाधन पनि प्रदर्शनमा राखिएका छन्। एमजीले ‘यू नाइन ईभी’ पिकअप सार्वजनिक गरेको छ, जसको मूल्य १ करोड १० लाख रुपैयाँ तोकिएको छ। पिकअप सेग्मेन्टमा विद्युतीय प्रविधिलाई अगाडि बढाउने उद्देश्यसहित आएको यो मोडल नेपाली बजारमा सार्वजनिक भएका महँगा विद्युतीय सवारीमध्ये एक हो।

बीएआईसीले ‘बीजे३० ई’ सार्वजनिक गरेको छ, जसको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ रहेको छ। एसयूभी सेग्मेन्टमा आएको यो मोडलले प्रिमियम मूल्य समूहमा प्रतिस्पर्धा गर्नेछ। हुन्डाईले भने एक्स्पोमा आफ्नो प्रिमियम विद्युतीय एसयूभी ‘आयोनिक नाइन’ समेत सार्वजनिक गरेको छ। सात सिट क्षमताको यो विद्युतीय एसयूभीको मूल्य २ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। ठूलो आकार, उच्चस्तरीय सुविधा र आधुनिक विद्युतीय प्रविधिसहितको आयोनिक नाइन एक्स्पोमा सार्वजनिक भएका सबैभन्दा महँगा विद्युतीय सवारीमध्ये एक बनेको छ।

एमजीले प्रिमियम एसयूभी सेग्मेन्टमा ‘म्याजेस्टर’ पनि प्रदर्शनमा ल्याएको छ, जसको मूल्य २ करोड ५० लाख रुपैयाँ रहेको छ। यो एक्स्पोमा सार्वजनिक तथा प्रदर्शन गरिएका नयाँ चारपाङ्ग्रे्रे सवारीमध्ये सबैभन्दा महँगो मोडल बनेको छ।

ठूला निर्माता कम्पनीले के नयाँ लन्च गरे ?

बीवाईडी : बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपाली ग्राहकको चाहना र बजेटलाई ध्यानमा राख्दै एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ संस्करणहरू बजारमा उतारेको हो। कम्पनीले एट्टो १ को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ, जुन मूलतः सहर–केन्द्रित र इन्ट्री–लेभलको ईभी खोज्ने ग्राहकका लागि लक्षित छ।

यसको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले एकपटकको फुल चार्जमा करिब २३० किलोमिटरको रेन्ज प्रदान गर्दछ। त्यसैगरी, बीवाईडीले एट्टो २ को नयाँ बेस भेरियन्ट पनि एक्स्पोमा सार्वजनिक गरेको छ। ४५ किलोवाट आवरको ब्याट्री क्षमता भएको यो मोडल तुलनात्मक रूपमा कम मूल्यमा ‘कम्प्याक्ट इलेक्ट्रिक एसयूभी’ खोज्ने ग्राहकका लागि उत्कृष्ट विकल्प हुने कम्पनीको विश्वास छ। यसअघि नेपालमा ५९.१३ किलोवाट आवरको ब्याट्रीमा मात्र उपलब्ध एट्टो २ अब नयाँ ब्याट्री क्षमतामा पनि उपलब्ध हुने भएको छ। यसको एसेन्सियल भेरियन्टको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ११ हजार रुपैयाँ तोकिएको छ।

बीएआईसी : चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसीले नाइमा मोबिलिटी एक्स्पोमार्फत नेपाली बजारमा आफ्नो प्रभावशाली उपस्थितिको घोषणा गरेको छ। कम्पनीले आफ्नो अत्याधुनिक हाइब्रिड एसयूभी ‘बीजे३०’ सार्वजनिक गरेको हो, जसको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ राखिएको छ। बीजे३० एउटा यस्तो एसयूभी हो, जसमा आकर्षक ‘बक्सी’ अफ–रोड डिजाइन र आधुनिक विद्युतीय प्रविधिको उत्कृष्ट संयोजन गरिएको छ। यस गाडीको मुख्य विशेषता यसको ‘हाइब्रिड पावरट्रेन’ हो, जसले पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयोजनमार्फत गाडी सञ्चालन गर्दछ। यस प्रविधिले परम्परागत पेट्रोल एसयूभीको तुलनामा इन्धन खपत उल्लेख्य रूपमा कम गर्ने र ड्राइभिङमा थप सहजता प्रदान गर्ने कम्पनीको दाबी छ। बीजे३० मा एलईडी लाइटिङ, २१५ मिलिमिटरको ठूलो ग्राउन्ड क्लियरेन्स र प्यानोरामिक सनरुफजस्ता विशेषताहरू छन्।

चेरी : चिनियाँ अटोमोबाइल कम्पनी चेरीले पनि नाइमा एक्स्पोमा आफ्नो नयाँ ‘क्यु–क्यु’ ब्रान्डअन्तर्गत ‘क्यु३’ मोडल सार्वजनिक गरेको छ। आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो इलेक्ट्रिक अर्बन क्रसओभरले आफ्नो लुक्स र रेन्जका कारण धेरैको ध्यान तानेको छ। ४१.२ किलोवाट घण्टा क्षमताको ब्याट्री भएको यो गाडीले एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। क्यु३ मोडलको कम्फर्ट भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ (यद्यपि यसको एमआरपी भने क्रमशः ३४.४९ लाख र ३५.९९ लाख रुपैयाँ रहेको छ)। यस गाडीमा ५४० डिग्री क्यामेरा, १७५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र १५.६ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीजस्ता फिचरहरू छन्। चेरी क्यू३ ले सन् २०२५ को ‘रेड डट डिजाइन अवार्ड’ र सन् २०२६ को ‘आईएफ डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ, जसले यसको विश्वस्तरीय डिजाइनलाई पुष्टि गर्दछ।

निसान : जापानी अटोमोबाइल ब्रान्ड निसानले पनि नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर आफ्नो नयाँ एसयूभी ‘टेकटन’ नेपाली बजारमा लन्च गरेको छ। निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले सार्वजनिक गरेको यो गाडीको बजार मूल्य ५१ लाख २९ हजार रुपैयाँ कायम गरिएको छ। आधुनिक र बोल्ड एसयूभी स्वरूप, ठूलो आकारको बडी र नयाँ पुस्ताको डिजाइन ल्यांग्वेजका साथ आएको टेकटनले निसानको उत्पादन पोर्टफोलियोलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

टोयोटा : विश्वविख्यात ब्रान्ड टोयोटाले पनि एक्स्पोमा दुईवटा नयाँ र शक्तिशाली मोडलहरू सार्वजनिक गरेको छ। टोयोटाले आफ्नो लोकप्रिय पिकअप ‘हाइलक्स’लाई नयाँ अवतारमा ल्याएको छ, जसको मूल्य १ करोड ५५ लाख रुपैयाँ तोकिएको छ। साथै, हाइब्रिड प्रविधिमा आधारित ‘राभ फोर हाइब्रिड ईभी’ पनि सार्वजनिक गरिएको छ, जसको मूल्य २ करोड १३ लाख रुपैयाँ रहेको छ।

टोयोटाका यी मोडलहरूले प्रिमियम र विश्वसनीय गाडी खोज्ने ग्राहकहरूका लागि नयाँ विकल्प प्रदान गरेका छन्। टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ। एक्स्पो अवधिमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाखदेखि २१ लाख रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो छुट योजना एक्स्पो अवधिमा गरिने गाडी बुकिङमा मात्र लागू हुनेछ।

टोयोटाले एक्स्पोमा गाडी बुकिङ गर्ने ग्राहकलाई छुटसँगै विभिन्न अनुभवमा सहभागी हुने अवसरसमेत दिने भएको छ। एक्स्पो अवधिमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जोडी विजेता छनोट गरिनेछ। विजेताले ‘एलिट एक्सप्लोरर्स कन्याकुमारी ड्राइभ’मा सहभागी हुने अवसर पाउनेछन्। त्यस्तै, एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्युनिटी ड्राइभमा सहभागी हुने अवसर पाउने कम्पनीले जनाएको छ।

पहिलो दिन २९ हजारले गरे अवलोकन

‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ को पहिलो दिनमै उत्साहजनक उपस्थिति रहेको छ। बिहान ११ बजेदेखि सुरु भई १ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको प्रदर्शनीको पहिलो दिन २९ हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गरेको आयोजकले जनाएको छ।

सुरुआती दुई घण्टा सञ्चारमाध्यमका लागि छुट्ट्याइएको एक्सपोमा विभिन्न कम्पनीहरूले दुईपाङ्ग्रे, चारपाङ्ग्रे, भ्यान, जिप तथा ठूला कमर्सियल बससहित ४८ वटा नयाँ प्रोडक्ट सार्वजनिक गरेका छन्। पहिलो दिनको बाक्लो उपस्थितिले आगामी पाँच दिनको प्रदर्शनी थप विशेष र भव्य हुने नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले दाबी गरे।

एक्स्पोमा टाटाको नयाँ पन्च र टियागो ईभी सार्वजनिक

काठमाडौं : टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर नयाँ ‘पन्च ईभी’ र नयाँ ‘टियागो ईभी’ सार्वजनिक गरेको छ।

नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। त्यसैगरी, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ। एक्स्पोमा यी दुवै गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।

गाडी सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन हामी प्रतिबद्ध छौं। नयाँ पन्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक
गर्नुले हाम्रो प्रतिबद्धतालाई अझ पुष्टि गरेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...
: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ । मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रुपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो । बैठकमा अर्थमन्त्री डा. ...
। अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार वैदेशिक मुद्रा सञ्चितिको सन्तुलन कायम राख्न नेपाल राष्ट्र ...