मुख्य समाचार
गोर्खा भर्तीको मुद्दालाई लिएर भारतीय सेनाका एक सेवा निवृत्त वरिष्ठ अधिकारीले भारतले आफैं नेपालसँग यो विषय नउठाउने बताए
गोर्खा भर्तीको मुद्दालाई लिएर भारतीय सेनाका एक सेवा निवृत्त वरिष्ठ अधिकारीले भारतले आफैं नेपालसँग यो विषय नउठाउने बताए

: गोर्खा भर्तीको मुद्दालाई लिएर भारतीय सेनाका एक सेवा निवृत्त वरिष्ठ अधिकारीले भारतले आफैं नेपालसँग यो विषय नउठाउने बताएका छन् । उनले भनेका छन्, ‘यो विषय अब नेपालले अपनाउने नीतिमा निर्भर गर्छ ।’ नेपालले भारतीय सेनामा गोर्खाहरूको भर्ती रोकेको थियो, किनभने उसले भर्ती प्रक्रियामा असहमति जनाएको थियो । उक्त प्रक्रियामा नेपाली नागरिकलाई पनि समावेश गरिएको थियो । यो असहमति भारतले करिब पाँच वर्षअघि भारतीय सेनामा नयाँ सैनिक भर्तीका लागि ‘अग्निपथ योजना’ लागू गरेपछि देखिएको हो ।

करिब डेढ महिनाअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री शिशिर खनालले भारतीय सेनामा गोर्खाहरूको भर्तीका विषयमा नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सम्झौताप्रति नेपाल प्रतिबद्ध रहेको बताएका थिए । उनले सम्झौताको समीक्षा आवश्यक भएमा र भारतबाट औपचारिक प्रस्ताव आएमा नेपाल त्यस विषयमा छलफल गर्न तयार रहेको बताएका थिए ।

नेपालमा रहेका पूर्व भारतीय गोर्खा सैनिकका विभिन्न संगठनहरूले सरकारसँग भारतीय गोर्खा सेनामा नेपाली नागरिकको भर्ती पुनः सुरु गर्न माग गर्दै आएका छन् । यसै सन्दर्भमा गत शनिबार भारतीय सेनाका पूर्व सीडीएस अनिल चौहानले अग्निवीर योजना लागू गर्दा नेपाली गोर्खाहरूलाई पनि भारतीय नागरिक सरह व्यवहार गरिएको बताएका थिए । उनका अनुसार नेपाली नागरिकसँग एउटा र भारतीय नागरिकसँग अर्को किसिमको व्यवहार गर्नु सम्भव हुँदैन ।




यो मुद्दा अहिले किन उठेको हो ?
भारतीय अनलाइन सञ्चारमाध्यम ‘द प्रिन्ट’ लाई दिएको अन्तर्वार्तामा पूर्व सीडीएस चौहानले अग्निपथ योजनाअन्तर्गत आफ्ना नागरिकलाई भर्ती हुन दिने वा नदिने निर्णय अब नेपालमै निर्भर रहेको बताएका छन् । भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल अशोक मेहताका अनुसार अब यस विषयमा भारतबाट कुनै पहल हुने सम्भावना कम छ ।

उनले चौहान भारतीय सेनाको ११ औं गोर्खा रेजिमेन्टमा लामो समय सेवा गरिसकेका व्यक्ति भएको उल्लेख गर्दै, उनी सीडीएस हुँदा पनि उनको धारणा यस्तै रहेको बताए । मेहताले भने, ‘भारतले यो विषय नेपालसँग उठाउने छैन । त्यसैले पूर्व सीडीएसले त्यसो भनेका हुन् । यो विषय नेपालले उठाउनु पर्ने हो, किनभने प्राविधिक र कानुनी रूपमा भारतले केही गलत गरेको छैन ।’ तर उनले रणनीतिक दृष्टिकोण र मित्रराष्ट्रसँगको सम्बन्धका हिसाबले भारतले नेपालसँग परामर्श गर्नुपर्ने वा कम्तीमा आफूहरूले यस्तो कदम चाल्न लागेको जानकारी दिनुपर्ने बताए ।

गोर्खा भर्तीको इतिहास
तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीले सन् १८१५ मा पहिलो पटक गोर्खाहरूलाई सेनामा भर्ती गर्न थालेको थियो । सन् १९४७ मा तत्कालीन नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सम्झौतासँग पनि गोर्खा भर्तीको विषय जोडिएको छ ।

भारत स्वतन्त्र हुँदा ६ वटा गोर्खा रेजिमेन्ट भारतीय सेनाको हिस्सा बने भने ४ वटा रेजिमेन्ट बेलायतलाई हस्तान्तरण गरिएका थिए । चौहानले भारत, बेलायत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताका प्रावधानहरू अझै सम्मान भइरहेको बताए । उनका अनुसार उक्त सम्झौतामा नेपाली सैनिकका लागि पनि भारतीय सैनिक सरह सेवा सुविधाको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय करण ऐर, काठमाडौं महानगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका-२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवास मर्मत–संरक्षणका लागि विनियोजित बजेट अस्वीकार गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा कोइरालाले आर्थिक वर्ष २०८३ /०८४ को बजेटमा कोइराला निवास मर्मत तथा संरक्षणका लागि विनियोजन गरिएको दुई करोड रुपैयाँप्रति सरकारलाई धन्यवाद दिँदै उक्त रकम फिर्ता गर्न आग्रह गरेका ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका इलाको चुलाचुली गाउँपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलन कुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। आयोगका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका श्रेस्ता सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री वाग्लेले जेनजी आन्दोलनका क्रमा जलेका श्रेस्ता वैकल्पिक स्रोतहरूबाट उत्खनन, रुजु र प्रमाणीकरण गर्नु नै वैज्ञानिक बाटो हुने बताएका ...
: प्रतिनिधिसभाका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाह जिद्दी स्वभावको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनेमा आफूलाई विश्वास नभएको बताएका छन् । उनले सभामुख संसदको अभिभावक भएको बताउँदै प्रधानमन्त्रीसँग बैठक बसेर सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्न माग गरेका छन् ।