: ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित एक घर लगायत पाँच ठाउँमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । साउन २२ गते बिहान करिब ८ बजे रिना महर्जनको घरकोठामा चोरी भएको थियो ।
प्रहरीका अनुसार घटनापछि घटनास्थल वरिपरिका सीसीटीभी फुटेजसमेतको आधारमा चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटो ललितपुरको प्रहरी टोलीले बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा गोदावरी न.पा.-१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जनलाई पक्राउ गरेको हो ।
उनको शरीर खानतलासी गर्दा उनले बोकेको झोलाभित्र चोरी गरी ल्याएको सुनचाँदीका गरगहनासमेत फेला परेको हो। प्रहरीका अनुसार उनलाई पक्राउ गरी चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ ।
के के बरामद भयो ?
क) सुनजस्तो देखिने धातुका गरगहनाहरू:
१. रातो पोतेसहितको नौगेडी (कुल तौल: ८१.७३ ग्राम)
२. हार - १ थान (तौल: १४.८६ ग्राम)
३. पिँजडा झुम्का - १ जोर (तौल: ६.७८ ग्राम)
४. कानमा लगाउने झुम्का - १ जोर (तौल: ८.०२ ग्राम)
५. औंठी - १ थान (तौल: ५.१८ ग्राम)
६. सिक्री - १ थान (तौल: १५.२८ ग्राम)
७. सिक्री - १ थान (तौल: १०.८२ ग्राम)
८. रातो पोतेमा उनिएको तिलहरी - १ थान (पोतेसहित कुल तौल: २३९.०७ ग्राम)
९. चुरा/बाला - ४ थान (कुल तौल: ८३.९१ ग्राम)
ख) चाँदीजस्तो देखिने धातुका गरगहनाहरू:
१. औंठी - ३ थान (कुल तौल: १३.४८ ग्राम)
२. साँचो झुन्ड्याउने रिङ - १ थान (तौल: ६०.३६ ग्राम)
३. हार - १ थान (तौल: ५४.५९ ग्राम)
४. हनुमानको लकेटसहितको सिक्री - १ थान (तौल: १४.९१ ग्राम)
५. ब्रासलेट - १ थान (तौल: २४.१३ ग्राम)
६. पाउजु - १ जोर (तौल: १३.२८ ग्राम)
ग) अन्य सामान तथा नगद विवरण:
ह्वाइट गोल्ड (White Gold) र हिराजस्तो देखिने औठी - १ थान
ह्वाइट गोल्ड र हिराजस्तो देखिने गहना - १ थान
पुराना तथा नयाँ सिक्काहरू
नगद रु. ११,३९०/-
'Bessie' लेखिएको खैरो रङको लेडिज झोला - १ थान
'Baggit' लेखिएको कालो रङको लेडिज झोला - १ थान