मुख्य समाचार
मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना
मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना

। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरे ।

राईले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाए ।

विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि पन्छिरहेको आरोप लगाए ।


उनले देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक नाममा भइरहेका झगडा, आगजनी र धम्कीका घटनाप्रति चिन्ता व्यक्त गरे । यस्ता घटनाका दोषीलाई उजुरी गर्दा समेत कारबाही नहुनुले सरकारको कमजोरी उदाङ्गो भएको उनको तर्क छ ।

राईले जनताको दैनिक समस्या र सेवा सुविधाको अभावका विषयमा सरकार संवेदनशील नभएको आरोप लगाए ।

मन्त्रीहरू मन्त्रालयको वातानुकूलित (एसी) कोठामा सीमित भएको तर सडकमा ग्यासको लाइनमा बस्ने र माइतीघरमा न्यायका लागि आन्दोलन गर्ने नागरिकको पीडा नबुझेको उनले बताए ।

यस्तै, वर्षौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुमवासी र वास्तविक भूमिहीनले अझै धनीपुर्जा नपाएको विषयमा भूमि सुधार मन्त्रालयले देखाएको आलटालप्रति पनि उनले आपत्ति जनाए ।

उनले थपे, ‘पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुमवासी तथा भूमिहीन नागरिकलाई धनीपुर्जा दिने विषयमा अब नाटक होइन, परिणाम चाहिन्छ । स्थानीय तह वा अन्य निकायलाई दोष दिएर हुँदैन। संघीय सरकारले समन्वय गरेर समस्या समाधान गर्नुपर्छ ।’

अध्यक्ष राईले भने, ‘हामी देशमै छौँ, तर कस्तो देशमा छौँ ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने अवस्था आएको छ । नागरिक सुरक्षित छैनन्, न्यायमा पहुँच छैन, सेवा–सुविधा र अवसर छैन । राज्यको पहिलो दायित्व नागरिकलाई सुरक्षा दिनु हो । धर्म, जात वा अन्य विषयका नाममा आगजनी, तोडफोड र धम्की भइरहेका छन् । यस्ता गतिविधिमा संलग्नलाई राजनीतिक आस्था नहेरी कडा कारबाही गर्नुपर्छ ।’

उनले अगाडि थपे, ‘तराई–मधेश लगायत असुरक्षित महसुस गरिरहेका नागरिकलाई सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ । न्यायको अवस्था पनि त्यस्तै छ । महिनौँदेखि माइतीघरमा नागरिकहरू आफ्ना माग लिएर बसेका छन् । मन्त्रीहरू एसीको कोठामा बसेर देश बुझिँदैन । खेतमा, कारखानामा, सडकमा र आन्दोलनरत नागरिकबीच पुगेर उनीहरूको पीडा बुझ्नुपर्छ ।’

उनले ठगी गर्नेहरूलाई कारबाही गर्न सरकारलाई कसले रोकेको हो भन्दै प्रश्न गरे ।

उनले भने, ‘सेवा–सुविधाको कुरा गर्दा ग्यासका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । हामी एसीको गाडी र कोठामा बसेर जनताको पीडा बुझ्न सक्दैनौँ ।’

अवसरको अवस्था झन् गम्भीर रहेको भन्दै उनले दैनिक ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिन बाध्य भएको बताए ।

वैदेशिक रोजगारीका नाममा युवाहरू ठगिएको र विमानस्थलमा युवाहरूको लाम लाग्नुले देशमा अवसरको चरम अभाव देखाएको उनको भनाइ छ ।

उनले भने, ‘विदेश जाने नाममा ठगी भइरहेछ, तर ठगी गर्नेहरूमाथि प्रभावकारी कारबाही भएको छैन । सरकारसँग हाम्रो माग स्पष्ट छ । आश्वासन होइन, एक्सन चाहिन्छ ।’

अध्यक्ष राईले भने, ‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, नैतिक र पदीय जिम्मेवारी लिनुहोस्, संसद्‍सँग संवाद गर्नुहोस् र जनताको बीचमा जानुहोस् । देशलाई अहिले भाषण र आश्वासनभन्दा सुरक्षा, न्याय, सेवा, अवसर र ठोस कार्य चाहिएको छ । सरकार बलियो हुनुपर्छ, तर त्यो शक्ति जनताको पक्षमा प्रयोग हुनुपर्छ ।’

खेलकुद क्षेत्रको उपेक्षाको प्रसङ्ग निकाल्दै अध्यक्ष राईले चीनमा आयोजित प्रतियोगिताका क्रममा घाइते भएका खेलाडी आशिष राईको उपचारमा राज्यले सहयोग नगरेकोमा आक्रोश व्यक्त गरे ।

अन्तर्राष्ट्रिय खेलाडीहरू विदेशमा अलपत्र पर्नु र उपचार नपाएर रुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...