मुख्य समाचार
२३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कागजात जलेर लेखा परीक्षण हुन नसकेको सन्दर्भमा सार्वजनिक लेखा समितिको मार्गनिर्देशन पालना गर्ने बताए
२३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कागजात जलेर लेखा परीक्षण हुन नसकेको सन्दर्भमा सार्वजनिक लेखा समितिको मार्गनिर्देशन पालना गर्ने बताए

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कागजात जलेर लेखा परीक्षण हुन नसकेको सन्दर्भमा सार्वजनिक लेखा समितिको मार्गनिर्देशन पालना गर्ने बताएका छन् ।

समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यसघटनाबारे सरकार र प्रतिपक्षीको दृष्टिकोणमा खासै फरक नरहेको बताए ।


त्यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले यो सन्दर्भमा सरकारको दृष्टिकोण आउनुपर्ने बताएका थिए । ‘समस्याबारे समान बुझाई भएपछि समाधानमा पनि समान अप्रोच हुन्छ, सरकारको यसमा असहमति छैन, हामी समितिको मार्गनिर्देशन मान्छौं’ उनले भने ।

२३ र २४ को घटनालाई काबु बाहिरको घटना भन्दा समान दृष्टिकोण हुने उनले बताए । कागजात उत्खनन्, रुजु गर्ने र सेकेन्डरी डाटाबाट पुनर्स्थापित गर्ने कुरा नै वैज्ञानिक पाटो हुने उनले बताए ।


अनियमितता नहोस् भन्नका लागि भने समितिबाट अनुगमन हुन सक्ने उनले बताए । भविष्यमा यस्ता घटना हुन नदिन, डिजिटलाइज र डिजिटाइज गर्ने काम निरन्तर हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले मंगलबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकासहित धेरै ठाउँका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा ‘नास्तिक गठांमुगः’लाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै आकर्षण छ । त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी ...
। जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु भएको छ । यसवर्ष मेलाको व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरेर काम थालेका छन् । लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार–प्रसार, यातायात व्यवस्थापन, आर्थिक, समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा, दररेट ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरे । राईले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाए । विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् । राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा. कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उनले बताए । इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक ...
। रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सोही ठाउँका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम ...