मुख्य समाचार
ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

। विशेष अदालतले पोखरा विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपेका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

सोमबार बयानका लागि हाजिर भएका उनलाई विशेष अदालतले थुनामा राख्नुपर्ने अवस्था नदेखिएको र धरौटीमा छाड्ने अवस्था देखिएको भन्दै १५ लाख रुपैयाँ धरौटी मागेको हो । धरौटी बुझाएर उनी सोमबार नै घर फर्केका छन् ।

कर छुटका कारण चिनियाँ कम्पनी सीएएमसीलाई ३ अर्ब ६२ करोड रुपैयाँ लाभ दिलाएर राज्यकोषमा हानी नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले भने आरोपका साथ यथेष्ट प्रमाण र गम्भीरता नदेखिएको औंल्याउँदै १५ लाख रुपैयाँमात्रै धरौटी मागेको हो ।

नेपाल सरकार र चीनको चाइना एक्जिम बैंकबीच २१ मार्च २०१६ मा भएको सम्झौता कार्यान्वयनका क्रममा अर्थमन्त्री कार्कीले कर छुटको निर्णय लिएको भन्दै विशेष अदालतले त्यसलाई सरकारले गरेको निर्णयको हिस्सा मानेको हो ।


सम्झौता कार्यान्वयन गर्ने अर्को सम्झौतामा करका विषयहरू उल्लेख भएको, सरकारले नै सम्झौता स्वीकार गरेर हस्ताक्षरको जिम्मेवारी मात्रै कार्कीलाई दिएको भन्ने आधारमा विशेष अदालतले उनलाई थुनामै पठाउनुपर्ने अवस्था नभएको निष्कर्ष निकालेको हो ।

गत २४ वैशाख, २०८३ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियारले पोखरा विमानस्थल निर्माणका लागि मूल खरिद सम्झौता विपरित कार्यान्वयन सम्झौता भएको दाबी गरेको थियो ।

अख्तियारले तत्कालीत अर्थमन्त्री कार्कीसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेपनि विशेष अदालतले त्यसलाई मूल सम्झौताको हिस्साको रुपमा स्वीकारेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले मंगलबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकासहित धेरै ठाउँका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा ‘नास्तिक गठांमुगः’लाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै आकर्षण छ । त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी ...
। जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु भएको छ । यसवर्ष मेलाको व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरेर काम थालेका छन् । लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार–प्रसार, यातायात व्यवस्थापन, आर्थिक, समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा, दररेट ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरे । राईले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाए । विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् । राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा. कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उनले बताए । इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक ...
। रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सोही ठाउँका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम ...