मुख्य समाचार
लिभरपुलले बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड अराउहोलाई एक सिजनका लागि लोनमा अनुबन्ध
लिभरपुलले बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड अराउहोलाई एक सिजनका लागि लोनमा अनुबन्ध

। इंग्लिस क्लब लिभरपुलले बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड अराउहोलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ ।

२७ वर्षीय अराउहोलाई लिभरपुलले सिजनभरका लागि ल्याएको हो। सम्झौतामा स्थायी रूपमा अनुबन्ध गर्न सक्ने विकल्पसमेत राखिएको छ ।

बार्सिलोनाबाट २०० भन्दा बढी खेल खेलिसकेका अराउहोले क्लबका लागि तीन ला लिगा र दुई कोपा डेल रे उपाधि जितेका छन् । उनी सेन्टर ब्याकसँगै राइट ब्याकको भूमिकामा पनि खेल्न सक्छन् ।

लिभरपुलले फ्रान्सेली डिफेन्डर इब्राहिमा कोनाटेले रियल मड्रिडमा फ्री ट्रान्सफरमा क्लब छाडेपछि रक्षापंक्ति बलियो बनाउन अराउहोलाई भित्र्याएको हो ।


‘यति ठूलो इतिहास भएको क्लबमा आउन पाउँदा निकै उत्साहित छु। सहकर्मीलाई भेट्न र खेल सुरु गर्न आतुर छु। यो मेरो करियरको यो चरणमा आवश्यक र सही कदम थियो,’ अराउहोले भनेका छन् ।

अराउहोले बार्सिलोनाका लागि २०० भन्दा बढी खेल खेले पनि गत सिजन ला लिगामा ११ खेलमा मात्रै सुरुवाती टोलीमा परेका थिए । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा गेरार्ड मार्टिन र पाउ कुबार्सीले सेन्टर डिफेन्समा बढी अवसर पाएपछि उनको खेल्ने समय सीमित बनेको थियो ।

यसअघि चोट र व्यक्तिगत समस्याका कारण पनि अराउखो केही समय मैदानबाट टाढा रहेका थिए । उनले गत डिसेम्बरमा क्लबबाट केही समय बिदा लिएर परिवारसँग उरुग्वेमा समय बिताएका थिए ।

उरुग्वेका लागि सन् २०२० मा डेब्यू गरेका अराउखोले हालसम्म २७ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी यसै वर्षको विश्वकपका लागि उरुग्वेको टोलीमा रहे पनि प्रतियोगितामा मैदान उत्रन पाएनन् ।

लिभरपुलले नयाँ सिजनको पहिलो प्रिमियर लिग खेल अगस्ट २३ मा न्युक्यासल युनाइटेडसँग उसैको मैदानमा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गण्डकी प्रदेश खेलकुद परिषद्(गखेप)ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार ३० गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले ३ सदस्यीय छानबिन समिति गठन गरेकी हुन्। खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई साउन ...
: अष्ट्रेलियामा हुने टप एन्ड टी-२० शृंखला खेल्न अनिलकुमार साहको कप्तानीमा 'टिम ए' घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै २१ अगस्टदेखि ३० अगस्टसम्म अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने यस श्रृङ्खलाको लागि टोली घोषणा गरेको हो। सोमबार अनिलकुमार शाहको कप्तानीमा क्यानले १५ सदस्य टोली घोषणा गरेको हो। यस श्रृङ्खलामा नेपालले लिग चरणमा ६ ...
: नेपालको एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारी फेरि एकपटक सन्दीप लामिछानेको काँधमा आएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेललाई विस्थापित गर्दै सन्दीपलाई एकदिवसीय राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको हो। ‘आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपदेखि लागू हुने गरी नेपाल क्रिकेट टोलीको एकदिवसीय कप्तानका रुपमा सन्दीप लामिछानेलाई ...
। क्रिकेट स्कटल्यान्ड र नेदरल्यान्ड्सको रोयल डच क्रिकेट संघ (केएनसीबी) ले आईसीसी पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरिएको परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् । दुवै क्रिकेट संघले विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा आईसीसीले छनोट संरचनामा महत्वपूर्ण परिवर्तन गरेको भन्दै यसले एसोसिएट राष्ट्रको क्रिकेट विकासमा असर पार्ने बताएका छन् । संयुक्त ...
। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो । ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं’ क्यान सचिव पारस ...