मुख्य समाचार
महालेखा परीक्षक नियन्त्रक तोयम रायाले कार्यालयलाई संविधानले दिएको जिम्मेवारी अडिट गर्ने मात्र अधिकार रहेको भन्दै सांसदहरूले गर्ने प्रश्न सरकारतर्फ केन्द्रित हुनुपर्ने बताए
महालेखा परीक्षक नियन्त्रक तोयम रायाले कार्यालयलाई संविधानले दिएको जिम्मेवारी अडिट गर्ने मात्र अधिकार रहेको भन्दै सांसदहरूले गर्ने प्रश्न सरकारतर्फ केन्द्रित हुनुपर्ने बताए

। महालेखा परीक्षक नियन्त्रक तोयम रायाले कार्यालयलाई संविधानले दिएको जिम्मेवारी अडिट गर्ने मात्र अधिकार रहेको भन्दै सांसदहरूले गर्ने प्रश्न सरकारतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

आज सार्वजनिक लेखा समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी अडिट मात्र गर्ने निकाय हौं, डकुमेन्ट पनि हामीले राख्ने होइन, मिनाहा पनि हामीले ल्याएको होइन, हाम्रो टोली जाँदा लेखा परीक्षण हुन सकेन, क्षति भयो भनियो, यो रकम यति हो भनियो, त्यही विषय प्रतिवेदनमा लेखिएको हो ।’




अहिले केही दुर्गम भेगका कार्यालयमा बाहेक राजस्व नगद ४/५ दिनसम्म कार्यालयमा राख्ने प्रचलन नभएको समेत उनले स्पष्ट पारे । स्रेस्ता जलेको सन्दर्भमा मन्त्रालयहरूले नै स्पष्ट पार्नुपर्ने उनले बैठकमा जानकारी गराए । महालेखाको प्रतिवेदन अनुसार १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको लेखा परीक्षण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले मंगलबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकासहित धेरै ठाउँका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा ‘नास्तिक गठांमुगः’लाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै आकर्षण छ । त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी ...
। जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु भएको छ । यसवर्ष मेलाको व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरेर काम थालेका छन् । लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार–प्रसार, यातायात व्यवस्थापन, आर्थिक, समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा, दररेट ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरे । राईले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाए । विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् । राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा. कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उनले बताए । इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक ...
। रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सोही ठाउँका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम ...