मुख्य समाचार
आन्दोलनमा जलेका स्रेस्ता पुनर्स्थापित गर्न महालेखा र सरोकारवालाले दिए सुझाव
आन्दोलनमा जलेका स्रेस्ता पुनर्स्थापित गर्न महालेखा र सरोकारवालाले दिए सुझाव

। २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कार्यालयहरूमा भएको आगजनीमा डेढ खर्ब रुपैयाँ बराबरको स्रेस्ता जलेको अवस्थालाई पुनर्स्थापना गर्ने विभिन्न विकल्पबारे महालेखा परीक्षकको कार्यालय र सरकारी निकायले सार्वजनिक लेखा समितिलाई जानकारी गराएका छन् ।

लेखा समितिको जारी बैठकमा महालेखा परीक्षक र महालेखा नियन्त्रकले विद्यमान विभिन्न प्रणाली प्रयोग गरेर रिकोभरी गर्न सकिने बताए । स्रेस्ताको पुनर्स्थापनाको हकमा विनियोजनबारे टीएसए र सीएस नामक दुई प्रणालीबाट हेर्न सकिने विकल्प रहेको बैठकमा जानकारी दिइयो । अर्कोतर्फ गोश्वारा भौचरहरू सुरक्षित रहने भएकाले यसले बिल भए नभएको, कुन बिल कसरी आयो भन्नेबारे हेर्न सकिने एक विकल्प रहेको समेत बैठकमा बताइयो ।

अर्को पाम्स नामक सिस्टमबाट सामान खरिद आदेश, दाखिला, कस्तो सामान कति मूल्यमा किनेका समेत सिस्टममा हेर्न सकिने विकल्प रहेकोबारे महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार १ खर्ब ४७ अर्ब रुपैयाँको लेखा परीक्षण हुन बाँकी छ । धरौटीको हकमा पुरानो विवरणका आधारमा अनुमान गर्न सकिने सुझाव दिइएको छ । तर, राजस्व दाखिलाका सम्बन्धमा भने समस्या हुने महालेखा नियन्त्रक कार्यालयको भनाइ छ । सरकारी कार्यालयहरुले राजस्व बैंकमा दाखिला नगरी कार्यालयमै राखेको हकमा सो विवरण कति थियो भन्नेमा समस्या रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कागजात जलेर लेखा परीक्षण हुन नसकेको सन्दर्भमा सार्वजनिक लेखा समितिको मार्गनिर्देशन पालना गर्ने बताएका छन् । समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यसघटनाबारे सरकार र प्रतिपक्षीको दृष्टिकोणमा खासै फरक नरहेको बताए । त्यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले यो सन्दर्भमा सरकारको ...
। पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरी ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्प दंशविरुद्ध लगाइने एन्टी स्नेक भेनम (एएसभी) अभाव भएको छ । अस्पताल प्रशासनले मंगलबार सूचना निकालेर अस्पतालमा एएसभीको मौज्दात सकिएको जनाएको छ । अस्पतालका प्रवक्ता एवं सूचना अधिकारी डा. उदयनारायण सिंहले दुई दिनदेखि एन्टी स्नेक भेनम अस्पतालमा नरहेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘दुई दिनदेखि अस्पतालमा एन्टी स्नेक भेनम सकिएको छ । यसबारे ...
। कृषि वन तथा पर्यावरण मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी)को आम्दानीबाटै कृषकको बक्यौता भुक्तानी गरेको बताएको छ । यो विषयमा संसद्मा र सार्वजनिक रुपमा समेत चासो व्यक्त भएपछि कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको सचिवालयले डीडीसीको आम्दानीबाटै कृषकको बक्यौता भुक्तानी गरेको प्रष्टीकरण दिएको हो । कृषि वन तथा पर्यावरण मन्त्री चौधरीको सचिवालयले भनेको छ, ‘यस बिचमा ...
। जापान पठाउने भन्दै करिब ११५ जनाबाट करिब ३ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ का २९ वर्षीय प्रतीक बुढाथोकी छन् । उनलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । बुढाथोकीले जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गरेको आरोप छ । यो कसुरमा ...