मुख्य समाचार
रुग्ण उद्योगहरू पुन:सञ्चालन गर्न लागेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको प्रशंसा गरे
रुग्ण उद्योगहरू पुन:सञ्चालन गर्न लागेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको प्रशंसा गरे

। रुग्ण उद्योगहरू पुन:सञ्चालन गर्न लागेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको प्रशंसा गरेका छन् ।

‘नेपाल सरकारले हेटौँडा कपडा उद्योग पुन: सञ्चालनमा ल्याउने तयारी गरेको सुन्दा खुसी लागेको छ । यसका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु’ उनले भनेका छन्, ‘यो पहलबाट कपडा उपभोगमा रहेको हाम्रो आयातनिर्भरता कम हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।’

आफूले सरकारको नेतृत्व गर्दा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको उल्लेख गर्दै प्रचण्डले त्यसैका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायतका उद्योग पुन: सञ्चालन गर्ने विषय अघि बढाइएको स्मरण गरेका छन् ।

सघन गृहकार्य गरेर अघि सारिए पनि सरकारबाट बाहिरिएसँगै रोकिएको यो प्रक्रिया पुन: अघि बढ्नु सुखद कुरा भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद भनेका हुन् ।


उनी लेख्छन्, ‘हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगहरूलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुन: सञ्चालनमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा नेपालले ठूलो फड्को मार्न सक्छ ।’

देशमा उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा यस्ता उद्योगको पुनरुत्थान महत्वपूर्ण कदम हुने भन्दै उनी थप्छन्, ‘सरकारलाई यस प्रक्रियालाई परिणाममुखी ढंगले अघि बढाउन आग्रह गर्दछु ।’

गत शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाहले सरकारी उद्योगहरूमा सुधार आउँदै गरेको बताएका थिए ।

त्यसक्रममा उनले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुन: सञ्चालन गर्न परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको बताएका थिए । उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ ।

यी लगायत वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका राष्ट्रिय उद्योग फेरि तंग्रेर आफ्नै गोडामा उभिने विश्वस व्यक्त गरेका छन् ।

नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुन: जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको भन्द्र प्रधानमन्त्री बालेनले लेखेका थिए, ‘त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन् ।’

प्रधानमन्त्री बालेनका अनुसार डीडीसीबाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २/३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको छ ।

किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५ प्रतिशतले ले बढेर राजस्व संकलन औषत दैनिक ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ ।

वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ । औषधि बिक्रीमा बढोत्तरी भई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ ।

नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो ।

पछिल्लो तीन महिनामा नेपाल एयरलाइन्सको सिट उपयोगिता (अकुपेन्सी) बढेर ८६ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो ।

साथै, सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ । पछिल्लो आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा बढी हो ।

रुग्ण उद्योगहरू पुन:सञ्चालन गर्ने सन्दर्भमा प्रधानमन्त्री बालेनले केही प्रगति भएको विवरण सामाजिक सञ्जालमा राखेपछि पूर्वप्रधानमन्त्री प्रचण्डले पनि सामाजिक सञ्जालबाटै यसबारे प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...