मुख्य समाचार
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता विदेशी नागरिकका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता विदेशी नागरिकका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द

। अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता विदेशी नागरिकका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ।

मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यपत्रअनुसार यो संख्या ट्रम्पले जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेयताको हो।
भिसाका सर्त उल्लंघन, आपराधिक गतिविधिसँग जोडिएका घटना, अमेरिकी नागरिकविरुद्ध हिंसाको आह्वान, ठगी, अध्यागमन प्रणालीको दुरुपयोग र राष्ट्रिय सुरक्षामाथिको जोखिमलाई भिसा रद्द गर्नुका कारणका रूपमा प्रस्तुत गरिएको छ।

मन्त्रालयका अनुसार अधिकांश भिसा सम्बन्धित व्यक्ति अमेरिकी प्रहरी वा अन्य कानुन कार्यान्वयन निकायको सम्पर्कमा आएपछि प्राप्त विवरणका आधारमा रद्द गरिएका हुन्। कुटपिट, मादक पदार्थ सेवन गरेर सवारी चलाएको घटना (डीयूआई), चोरी र लागुऔषधसम्बन्धी कसुरलाई प्रमुख कारण भनिएको छ।


लापरवाहीपूर्वक सवारी चलाएको, यौन हिंसा, बाल दुर्व्यवहार, जालसाजी र आर्थिक हिनामिनासँग जोडिएका घटनामा पनि उल्लेख्य संख्यामा भिसा रद्द गरिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले बलात्कार तथा यौन हिंसा, अपहरण, मानव बेचबिखन, नाबालिगको यौन शोषण र बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोप लागेका व्यक्तिको भिसा रद्द गरिएको उल्लेख गरेको छ ।

उत्तर अफ्रिकास्थित एउटा अमेरिकी दूतावासले अमेरिकामा बच्चा जन्माएर अमेरिकी नागरिकता दिलाउने उद्देश्यले यात्रा गरेको आरोपमा एक सयभन्दा बढी अभिभावकको भिसा रद्द गरेको पनि तथ्यपत्रमा उल्लेख छ। यस्तो अभ्यासलाई अमेरिकामा ‘बर्थ टुरिजम’ भनिन्छ।

त्यस्तै, अमेरिकी स्वास्थ्य सेवा कार्यक्रमबाट ५० लाख डलरभन्दा बढी ठगी गरेको तथा नक्कली आम्दानी विवरण र किर्ते पत्र प्रयोग गरेर भिसा लिएको आरोप लागेका व्यक्तिको भिसा पनि रद्द गरिएको मन्त्रालयले जनाएको छ।

‘अमेरिकी भिसा अधिकार होइन, विशेषाधिकार हो,’ मन्त्रालयले भनेको छ, ‘यसको दुरुपयोग गर्नेहरूबाट अमेरिकी समुदायलाई जोगाउन उपलब्ध कानुनी संयन्त्र प्रयोग गरिनेछ।’

अमेरिकी विदेश मन्त्रालयका अनुसार सन् २०२५ मा मात्रै एक लाखभन्दा बढी भिसा रद्द गरिएको थियो, जुन एक वर्षमा रद्द गरिएको हालसम्मकै उच्च संख्या हो। पछिल्लो तथ्यांकअनुसार सन् २०२६ सुरु भएयता कम्तीमा ७५ हजार थप भिसा रद्द भएको देखिन्छ। यद्यपि मन्त्रालयले चालु वर्षको ठ्याक्कै संख्या दिएको छैन।

ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीमाथिको कारबाहीसँगै वैध भिसामा अमेरिका जाने तथा बसिरहेका विदेशी नागरिकको निरन्तर छानबिन पनि बढाएको छ। भिसा आवेदकको सामाजिक सञ्जाल गतिविधि र अनलाइन उपस्थितिमाथि समेत निगरानी विस्तार गरिएको छ। मानवअधिकारवादीहरूले भने यस्तो निगरानीले अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत गोपनीयतामाथि असर पार्न सक्ने बताएका छन्।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम