मुख्य समाचार
म्याग्दीमा सुक्खा पहिरो : एक जना बेपत्ता, जलविद्युत् आयोजनामा क्षति
म्याग्दीमा सुक्खा पहिरो : एक जना बेपत्ता, जलविद्युत् आयोजनामा क्षति

। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।

विद्युतगृहका कामदार अन्नपूर्ण-६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

आज विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको थियो । पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।


-रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी र विभिन्न पेशा व्यवसायमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्या सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतमा रहेका नेपालीहरूको सुरक्षा र अधिकारका विषय उठाए । ‘भारतमा रहेका नेपालीहरू रोजगारीका लागि विदेशका नागरिक मात्र होइनन् उनीहरू नेपाल भारतबीचको जनस्तरको सम्बन्धका सेतो हुन्’ उनले भने, ‘उनीहरूको श्रमले ...
। कुनै संस्था वा निकायले बालबालिकालाई नेपाल बाहिर लैजानु परे सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनु पर्ने भएको छ । यस निम्ति सरकारले बालबालिका सम्बन्धी ऐन २०७५ मा संशोधन गर्दैछ । मूल ऐनको दफा ७ मा बालबालिकाको संरक्षणको अधिकारसम्बन्धी व्यवस्था छ । यसमा उपदफा ११ थपेर सरकारले संस्था वा निकायले बालबालिकालाई विदेश ...
। डा. धवलशमशेर राणाको नेतृत्वमा गठित जय नेपाल पार्टीको निर्वाचन आयोगमा दर्ता गर्ने समय पर सारिएको छ । साउन २८ गते निर्वाचन आयोगमा दर्ता गर्ने गरी यसअघि निर्णय गरिएको थियो । आगामी विहीबारका लागि तय भएको पार्टी दर्ताको कार्यतालिका पर सरेको उक्त पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । ‘नयाँ पार्टी गठन ...
। पर्सामा १०५ किलो (प्लाष्टिकबाहेक)गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका-३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो । शंकाष्पद रुपमा बोरा ...
। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । सानोठिमीस्थित परिषद् बाहिर धर्ना दिइरहेका छन् । सोमबारदेखि आन्दोलन सुरु गरेका कर्मचारीले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारी श्रमिकको रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । दुई महिने सेवा निरन्तरता खारेज गरि १ वर्षलाई निरन्तरता दिनुपर्ने लगायतका ...