मुख्य समाचार
स्कटल्यान्ड र नेदरल्यान्ड्सको रोयल डच क्रिकेट संघ (केएनसीबी) ले आईसीसी पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरिएको परिवर्तनप्रति असन्तुष्टि जनाए
स्कटल्यान्ड र नेदरल्यान्ड्सको रोयल डच क्रिकेट संघ (केएनसीबी) ले आईसीसी पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरिएको परिवर्तनप्रति असन्तुष्टि जनाए

। क्रिकेट स्कटल्यान्ड र नेदरल्यान्ड्सको रोयल डच क्रिकेट संघ (केएनसीबी) ले आईसीसी पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरिएको परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् ।

दुवै क्रिकेट संघले विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा आईसीसीले छनोट संरचनामा महत्वपूर्ण परिवर्तन गरेको भन्दै यसले एसोसिएट राष्ट्रको क्रिकेट विकासमा असर पार्ने बताएका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पछिल्ला वर्षमा विश्व क्रिकेट विस्तारका लागि एसोसिएट राष्ट्रले गरेको प्रगतिलाई नयाँ संरचनाले कमजोर बनाउन सक्ने बताएका छन् ।

उदीयमान राष्ट्रलाई विश्वकपजस्ता ठूला प्रतियोगितामा अर्थपूर्ण अवसर घटाउनु क्रिकेटलाई विश्वव्यापी बनाउने अभियानकै विपरीत हुने उनीहरूको भनाइ छ ।


पर्याप्त परामर्शबिना परिवर्तन गरिएको आरोप

स्कटल्यान्ड र केएनसीबीले छनोट संरचनाजस्तो महत्वपूर्ण विषयमा एसोसिएट सदस्यसँग पर्याप्त परामर्श नगरी निर्णय गरिएको आरोप लगाएका छन् । उनीहरूले यस्ता निर्णय स्पष्ट प्रक्रिया, पारदर्शी छलफल र सदस्य राष्ट्रसँगको प्रभावकारी परामर्शपछि मात्रै गरिनुपर्ने बताएका छन् ।

विश्वकप छनोट चक्र सुरु भइसकेपछि छोटो समयमै संरचना परिवर्तन गर्दा खेलाडी तथा संघको तयारी, आर्थिक योजना र सञ्चालनमा अनिश्चितता थपिने उनीहरूको भनाइ छ ।

दुवै संघका अनुसार विश्वकप खेल्ने लक्ष्यसहित एसोसिएट राष्ट्रका खेलाडी र संघले वर्षौं तयारी र लगानी गर्ने भएकाले छनोटको बाटो बीचमै परिवर्तन गर्दा उनीहरूलाई प्रत्यक्ष असर पर्छ ।

आईसीसीसँग दुईपटक छलफल, जवाफ नआएको दाबी

परिवर्तन सार्वजनिक भएपछि क्रिकेट स्कटल्यान्ड, केएनसीबीसहित अन्य एसोसिएट सदस्यले आईसीसीसँग दुईपटक छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले परिवर्तनबारे आधिकारिक लिखित जानकारी, प्रक्रियाबारे स्पष्टता तथा भविष्यमा निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउन सकारात्मक कदम चाल्न माग गरेका थिए । साथै एसोसिएट सदस्यलाई फुल मेम्बर राष्ट्रसँग हुने द्विपक्षीय योजना बैठकमा सहभागी गराउन पनि आग्रह गरिएको थियो ।

तर दोस्रो बैठक भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि आईसीसीबाट थप प्रतिक्रिया नआएको उनीहरूको दाबी छ । दुवै संघले यसलाई निराशाजनक र आफूहरूले उठाएका विषयको महत्वलाई बेवास्ता गरेको रूपमा लिएका छन् ।

विश्वकपको अवसरले एसोसिएट क्रिकेटमा लगानी बढाउने दाबी

स्कटल्यान्ड र नेदरल्यान्ड्सले विश्वकपमा छनोट हुनु एसोसिएट राष्ट्रका लागि खेलभन्दा बाहिर पनि महत्वपूर्ण अवसर भएको बताएका छन् । विश्वकप सहभागिताले खेलाडीलाई प्रेरित गर्नुका साथै लगानी, प्रायोजन र सरकारी सहयोग आकर्षित गर्न तथा नयाँ समर्थक जोड्न सहयोग गर्ने उनीहरूको भनाइ छ ।

आईसीसीका ठूला प्रतियोगितामा एसोसिएट राष्ट्रले फुल मेम्बरलाई चुनौती दिएका तथा पराजित गरेका खेलहरू विश्व क्रिकेटका सम्झनलायक क्षण बनेको उल्लेख गर्दै उनीहरूले सफलता मैदानमा प्रदर्शनका आधारमा निर्धारण हुनुपर्ने बताएका छन् ।

आईसीसीलाई पुनः संवादमा आउन आग्रह

क्रिकेट स्कटल्यान्ड र केएनसीबीले आईसीसीलाई एसोसिएट सदस्यसँग पुनः संवादमा आउन र उनीहरूले उठाएका मागमाथि छलफल गर्न आग्रह गरेका छन् ।

विश्वकप छनोटको बाटो स्थिर, स्पष्ट र पूर्वानुमान गर्न सकिने हुनुपर्ने भन्दै उनीहरूले सबै सदस्य राष्ट्रलाई प्रतिस्पर्धा, विकास र सफलता हासिल गर्ने समान तथा वास्तविक अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

दुवै संघले आगामी पुरुष विश्वकप प्रतिस्पर्धात्मक र सफल बनाउन आईसीसीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन् । क्रिकेटको दीर्घकालीन विकासका लागि सबै सदस्यको अर्थपूर्ण सहभागिता र निष्पक्ष अवसर आवश्यक रहेको उनीहरूको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम