मुख्य समाचार
पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव
पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव

। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ ।

युरोपेली सङ्घ (इयू) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको कीर्तिमान देखाएको हो ।

कोपर्निकसका अनुसार जुन–जुलाईमा पश्चिमी युरोपको संयुक्त औसत तापक्रम २१.६२ डिग्री सेल्सियस पुगेको थियो । यो सन् २०२२ को सोही अवधिमा कायम भएको अघिल्लो रेकर्डभन्दा बढी हो । यस वर्षको गर्मीमा लगातार उच्च तापक्रम र लामो समयसम्म कायम रहेको गर्मीको अवस्थाले असामान्य तातोको सङ्केत गरेको कोपर्निकसले जनाएको छ ।

युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महाद्वीप हो। यस वर्षको गर्मीको सुरुवाती दुई महिनामा लगातार तातो हावा, उच्च तापक्रम, अत्यधिक सुक्खापन र खडेरी देखिएको छ । जुलाईमा पश्चिमी तथा मध्य युरोपका फ्रान्स, स्पेन, अस्ट्रिया र हङ्गेरीसहित बेलायत, आयरल्यान्ड तथा आइसल्यान्डका केही क्षेत्रमा समेत असामान्य रूपमा सुक्खा अवस्था देखिएको थियो ।


सन् २०२२ को गम्भीर खडेरीसँग तुलना गर्दा यस वर्ष जुलाईमा माटोको आद्रता अझ कम पाइएको कोपर्निकसले जनाएको छ । युरोपियन सेन्टर फर मिडियम–रेन्ज वेदर फोरकास्टकी सामन्था बर्गेसले गर्मी र खडेरीले एकअर्कालाई थप तीव्र बनाइरहेको बताए। उनका अनुसार जलवायु परिवर्तनले चरम गर्मीलाई कसरी बढाइरहेको छ भन्ने पछिल्लो अवस्था त्यसको स्पष्ट उदाहरण हो ।

लामो समयको गर्मी र सुक्खापनका कारण युरोपका प्रमुख नदीमा समेत पानीको बहाव घटेको छ । सेन, राइन र डेन्युब नदीमा असामान्य रूपमा कम बहाव देखिएको छ । यसको असर जल यातायात, सिँचाइ तथा ऊर्जा उत्पादनमा परेको छ ।

तातो र सुक्खा मौसमले डढेलोको जोखिम पनि बढाएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनसँगै युरोपमा अत्यधिक डढेलो लाग्न अनुकूल मौसमको आवृत्ति बढिरहेको छ । फ्रान्स र स्पेनले यस गर्मीमा पछिल्ला दशककै गम्भीर डढेलोसँग जुधेका छन् । युरोपका अन्य मुलुकसँगै अमेरिकाको उत्तरपश्चिमी क्षेत्र र क्यानाडामा समेत गम्भीर आगलागीका घटना भएका छन् ।

समुद्रको तापक्रम पनि उच्च

कोपर्निकसका अनुसार जुलाईमा विश्वका महासागरको औसत सतह तापक्रम लगातार दोस्रो महिनासमेत रेकर्ड उच्च रह्यो । जुलाईमा विश्वव्यापी औसत समुद्री सतहको तापक्रम २०.९६ डिग्री सेल्सियस पुगेको थियो । जुन सन् २०२३ मा कायम भएको अघिल्लो रेकर्डभन्दा बढी हो ।

कोपर्निकसका निर्देशक कार्लो बुओन्टेम्पोले भूमध्यसागर र एटलान्टिक महासागरका केही भाग असामान्य रूपमा तातेको बताए। उनका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको शक्तिशाली ‘एल निनो’ विश्वव्यापी समुद्री तापक्रम बढ्नुको प्रमुख कारणमध्ये एक हुन सक्छ ।

जलवायु वैज्ञानिक बुओन्टेम्पोले अगस्ट ५ मा पत्रकारहरूसँग कुरा गर्दै अहिलेको एल निनो निकै शक्तिशाली रहेको र यसको आकारका दृष्टिले असाधारण हुन सक्ने बताएका थिए। उष्णकटिबन्धीय प्रशान्त महासागरबाट आउने तापक्रमको प्रभाव विश्वव्यापी मौसम प्रणालीमा महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

एल निनो प्राकृतिक जलवायु चक्रको न्यानो चरण हो । यस क्रममा उष्णकटिबन्धीय प्रशान्त महासागरको सतहको तापक्रम अस्थायी रूपमा बढ्छ र त्यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, बाढी तथा अन्य चरम मौसमलाई प्रभावित गर्न सक्छ । जीवाश्म इन्धनको प्रयोगबाट पहिले नै तातिरहेको पृथ्वीमा एल निनोले थप ताप थप्ने गर्छ ।

एल निनो सामान्यतः वर्षको अन्त्यतिर बलियो हुने र समुद्रमा सञ्चित तापक्रम वायुमण्डलमा प्रवेश गराउँदा विश्वव्यापी तापक्रम अझ बढ्ने गर्छ । पछिल्लो एल निनोले सन् २०२३ र २०२४ लाई क्रमशः दोस्रो र सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो । वैज्ञानिकहरूले यस वर्षको अन्त्य वा सन् २०२७ को सुरुआतमा विश्वव्यापी औसत तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने अनुमान गरेका छन् ।

तापक्रम वृद्धिको मुख्य कारण हरितगृह ग्यास

विश्वव्यापी रूपमा गत जुलाई औसत सतह तापक्रम १.४७ डिग्री सेल्सियससहित संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई बनेको कोपर्निकसले जनाएको छ । यो तापक्रम सन् १८५०–१९०० को पूर्वऔद्योगिक औसतभन्दा १.४७ डिग्री सेल्सियस बढी हो ।

पछिल्ला ११ वर्ष रेकर्डमा सबैभन्दा तातो वर्षका रूपमा रहेका छन् । कोपर्निकसका निर्देशक बुओन्टेम्पोले मानव जीवनकालमा र सम्भवतः आधुनिक सभ्यताको इतिहासमै यस स्तरको न्यानो अवस्था नदेखिएको बताए। उनका अनुसार तापक्रम वृद्धिको मुख्य कारण हरितगृह ग्यासको बढ्दो मात्रा हो ।

मानव गतिविधिबाट उत्सर्जित कार्बनका कारण उत्पन्न अतिरिक्त तापको ठूलो हिस्सा महासागरले सोस्ने भएकाले पृथ्वीको जलवायु प्रणालीलाई सन्तुलित राख्न महासागरको महत्त्वपूर्ण भूमिका रहन्छ । तर समुद्रको तापक्रम अत्यधिक बढ्दा त्यसले ग्रहमा गम्भीर प्रभाव पार्न सक्छ । तातो समुद्रले शक्तिशाली आँधी र भारी वर्षालाई बढावा दिनुका साथै समुद्री पारिस्थितिक प्रणाली तथा कोरल रीफमा ‘ब्लिचिङ’को समस्या निम्त्याउन सक्छ ।

कोपर्निकसले भूमि र समुद्रमा रहेका अरबौँ उपग्रह तथा मौसमसम्बन्धी मापनबाट तथ्याङ्क सङ्कलन गरी जलवायु अवस्थाको विश्लेषण गर्दै आएको छ । यसको तथ्याङ्क सन् १९४० सम्मको अवधिसम्म फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम