मुख्य समाचार
कृषि विभागको २२ साउनसम्मको अवधिमा देशभरि करिब ९६ प्रतिशत रोपाइँ
कृषि विभागको २२ साउनसम्मको अवधिमा देशभरि करिब ९६ प्रतिशत रोपाइँ

। हरेक वर्ष जस्तै यस वर्ष पनि किसानले रासायनिक मलको अभाव र अनेकौँ सास्ती भोग्नुपरेको छ । सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा रोपाइँको मुख्य समयमा किसानहरू रित्तो हात भौँतारिन बाध्य भए । तर, आवश्यक मलखाद नपाए पनि यतिबेला देशभरिको धान रोपाइँ करिब अन्तिम चरणमा पुगेको छ ।

कृषि विभागको २२ साउनसम्मको अवधिमा देशभरि करिब ९६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिसम्मको तथ्यांक हेर्ने हो भने २०८२ साउन २५ सम्म जम्मा ९१.३१ प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो । यस वर्ष भने धानखेती हुने क्षेत्रफलमध्ये ९५.५ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ ।
देशभरि धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख ८ हजार ३८३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

प्रदेशगत रूपमा सुदूरपश्चिममा धान रोपाइँ हुने कुल १ लाख ५४ हजार १५० हेक्टर अर्थात् शतप्रतिशत (१०० प्रतिशत) क्षेत्रफलमै रोपाइँ पूर्णरूपमा सम्पन्न भइसकेको छ ।


यसैगरी, बागमती प्रदेशमा पनि ९७.८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यस्तै गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत र लुम्बिनी प्रदेशमा ९४.८३ प्रतिशत धान रोपाइँ सकिँदा कोशी प्रदेशमा भने अन्यको तुलनामा अलि कम अर्थात् ९३.६९ प्रतिशत जमिनमा रोपाइँ भएको छ ।

देशकै प्रमुख अन्न भण्डारको रूपमा चिनिने मधेश प्रदेशको हकमा भने यस वर्ष रोपाइँमा उल्लेख्य र सकारात्मक सुधार आएको छ । सिँचाइको अभाव र मनसुनको ढिलाइका कारण गत वर्ष साउन २५ गतेसम्म मधेसमा जम्मा ७६.५४ प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो ।

तर, यस वर्ष त्यहाँ ९४.६५ प्रतिशत अर्थात् ३ लाख ६४ हजार २९१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण पूरा हुन सकेको छैन् । आज यही अस्पतालको निरीक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल पुगे । अनुगमनपछि उनले ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माण कम्पनी, इन्जिनियर तथा ...
। बेलायतको राजधानी लन्डनलाई दशकौँदेखि अवसरको शहर मानिँदै आएको छ । राम्रो रोजगारी, उच्च शिक्षा, विश्वस्तरीय स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय जीवनशैलीका कारण लाखौँ मानिसको रोजाइमा पर्ने यो शहर अहिले भने नयाँ चुनौतीको सामना गरिरहेको छ । हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको तथ्याङ्कअनुसार, जुन २०२५ सम्म एक वर्षको अवधिमा ४ लाख २० हजार ४९२ जना मानिस राजधानी ...
। सत्तारुढ दल रास्वपाले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ। आइतबार सहमहामन्त्री असिम शाहले विज्ञप्ति जारी गर्दै भदौ महिनाबाट कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन्। कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन्। यस कार्यक्रमले भुइँमान्छेका आवाजलाई सिधै राज्यको ...
। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धिदर भएको बताएका हुन् । नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै उनले नीतिगत ...
। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी–९ बस्ने ३५ वर्षीय भूपाल राई रहेका छन् । प्रहरीका अनुसार उनी शनिबार धरानबाट पक्राउ परेका हुन् । पक्राउ परेका राईलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ । गत २३/२४ भदौको जेनजी आन्दोलनमा उनी सुनसरीको झुम्का कारागारबाट फरार ...