मुख्य समाचार
लागुऔषध कारोबारको कसुरमा कैद सजाय काटेर छुटेका एक व्यक्ति फेरि उही धन्दा गरिरहेको अवस्थामा पक्राउ
लागुऔषध कारोबारको कसुरमा कैद सजाय काटेर छुटेका एक व्यक्ति फेरि उही धन्दा गरिरहेको अवस्थामा पक्राउ

। लागुऔषध कारोबारको कसुरमा कैद सजाय काटेर छुटेका एक व्यक्ति फेरि उही धन्दा गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ‘प्राफाइलिङ’ गर्ने क्रममा ती व्यक्ति फेरि लागुऔषधकै कारोबार गर्नेगरेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने २९ वर्षीय प्रज्वल केसी रहेको प्रहरीले जनाएको छ ।

प्रोफाइलिङ गर्ने क्रममा शनिबार प्रहरी उनी बसिरहेको ठाउँमा पुगेको थियो । जहाँ उनी ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित भेटिएका थिए । उनीसँग लागुऔषध तौल गर्ने डिजिटल तराजु र कारोबारमा प्रयोग गर्ने फरकफरक सिमसहितका पाँच थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।


उनले लागुऔगाध कारोबारमा पक्राउ पर्नबाट बच्न ग्राहको पहिचान गर्न घरमा चार वटा सीसीटीभी क्यामेरा जडान गरेको, घरमा दुई वटा कुकुर राखेको र बेडरुमसम्म तीन वटा फलामका गेट समेत राखेको प्रहरीले जनाएको छ ।

उनी यसअघि २०७९ वैशाख २७ गते खैरो हेरोइनसहित पक्राउ परेका थिए । त्यसपछि उनी त्यो कसुरमा जेल परेर २०८२ चैत १९ गते छुटेको प्रहरीले जनाएको छ ।

कारागारमै रहँदा पनि भित्रै रहेका साथीमार्फत सम्पर्क भएका विराटनगर बसेर लागुऔषध सप्लाई गर्ने व्यक्तिसँग लागुऔषध खरिद गर्दैआएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले सामाजिक सञ्जालमा आफूविरुद्ध विभिन्न किसिमका आरोप र भ्रमपूर्ण सामग्री सार्वजनिक गरिएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफूलाई लागेको आरोपको खण्डन गर्दै संसद्मै 'अग्निपरीक्षा' दिन तयार रहेको बताए। उनले आफूले मदिरा सेवन नगरेको दाबी गर्दै चिकित्सकसहितको टोलीबाट आफ्नो शरीर परीक्षण गर्न चुनौती समेत दिए। 'आज यो ...
: कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरस्थित वाणगंगा नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालकको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरेको छ। शनिबार दिउँसो गाईवस्तु चराउन गएका स्थानीय १४ वर्षीय सर्फराज मुसलमान र १४ वर्षीय उबेद मुसलमान आइतबार साँझ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम ...
: सुनसरीको देवानगन्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ। राष्ट्रियसभा सदस्यसमेत रहेका जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अन्सारीलगायतले एक विज्ञप्ति जारी गरेर उक्त माग गरेका हुन्। विज्ञप्तिमा देवानगन्ज घटनापछि पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौतामा मृतकलाई शहीद घोषणा गर्ने, ...
: दक्षिणी झापाको कचनकवलबाट प्रतिबन्धित भारतीय ब्रान्डका औषधिहरू बोकेको एउटा इभी गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले आज बिहान १०:५५ बजेको समयमा कचनकवल गाउँपालिका–३ बगानमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको इभी कारलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। प्रहरी टोलीले चेकजाँच गर्न ...
: साँगुरीगढी गाउँपालिका–८ हर्चुवास्थित खहरे खोल्सीबाट प्रहरीले वेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार बिहान करिब १०:२० बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले पालिकाका विभिन्न स्थानमा गस्ती गर्ने क्रममा ढुंगाको चेपमा लुकाइराखेको अवस्थामा उक्त बन्दुक फेला पारेको हो। प्रहरी टोलीले एक नाले भरुवा बन्दुक बरामद ...