मुख्य समाचार
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

। महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका-१ शाहीचोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लागुऔषध कारोबारको कसुरमा कैद सजाय काटेर छुटेका एक व्यक्ति फेरि उही धन्दा गरिरहेको अवस्थामा पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ‘प्राफाइलिङ’ गर्ने क्रममा ती व्यक्ति फेरि लागुऔषधकै कारोबार गर्नेगरेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने २९ वर्षीय प्रज्वल केसी रहेको प्रहरीले जनाएको छ । प्रोफाइलिङ गर्ने क्रममा शनिबार प्रहरी ...
। सट्टेबाजी खेलाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानिकलण्ठ नगरपालिका–११ बस्ने ४१ वर्षीय प्रेम थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँ बराबरको सट्टेबाजी गराएको आरोप छ । पक्राउ परेका उनीविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ...
। झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । प्रहरीका अनुसार मे ...
। पूर्वमिस नेपाल आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सक्रिय राजनीति गर्ने घोषणा गरेकी छिन् । राजधानीमा आयोजित राप्रपाको कार्यक्रममा उनले युवा र पूर्वमिस नेपाल भएकाले देशको लागि काम गर्नु आफ्नो मूल दायित्व रहेको उनले बताएकी छन् । अब युवाले के चाहन्छन् भन्ने कुराले आफू उत्साहित रहेको जनाउँदै अस्मीले पार्टीको काठमाडौं कमिटीसँग नजिक रहेको आगामी ...
। आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ । साउनको सोमबार ...