मुख्य समाचार
लेखा समितिले गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल हुने
लेखा समितिले गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल हुने

। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा छलफल गर्दैछ ।

यो विषयमा छलफल गर्न लेखा समितिले आगामी मंगलबार बिहान ११ बजे बैठक राखेको छ । बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमै बस्नेछ ।

समिति सभापति भरतबहादुर खड्काका अनुसार जेनजी आन्दोलनका क्रममा देशभर जेलकै जलेका स्रेस्ताहरूको सम्बन्धमा छलफल गर्न लागिएको हो ।

छलफलमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई बोलाइएको छ । जेनजी आन्दोलनमा कागजात जलेको भनेर लेखा परीक्षण नभएको विषयमा लेखा समितिले छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । प्रहरीका अनुसार मे ...
। पूर्वमिस नेपाल आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सक्रिय राजनीति गर्ने घोषणा गरेकी छिन् । राजधानीमा आयोजित राप्रपाको कार्यक्रममा उनले युवा र पूर्वमिस नेपाल भएकाले देशको लागि काम गर्नु आफ्नो मूल दायित्व रहेको उनले बताएकी छन् । अब युवाले के चाहन्छन् भन्ने कुराले आफू उत्साहित रहेको जनाउँदै अस्मीले पार्टीको काठमाडौं कमिटीसँग नजिक रहेको आगामी ...
। आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ । साउनको सोमबार ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीबाट नागरिकबाट तीन थरी धारणा प्राप्त गरेको बताएका छन् । आजबाट सुरु भएको केन्द्रीय समितिमा बोल्ने क्रममा सभापति थापाले आफूले नागरिहरुसँग कुरा गरिरहेको र उनीहरुले अनिश्चिता, हतास र आक्रोश भेटेको बताए । सभापति थापाले भने,‘केही नागरिककमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज ...
। सर्वोच्च अदालतले संघीय वा प्रदेश सांसदहरूलाई ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’का नाममा बजेट परिचालन गर्न दिने अभ्यासलाई ‘विधायिकी अधिकारको गम्भीर विचलन’ भनी टिप्पणी गरेको छ । मधेश प्रदेश सरकारले दुई वर्षअघि प्रत्यक्ष र समानुपातिक सांसदहरूलाई बजेट परिचालन गर्न दिने भनी सञ्चालन गरेको कार्यक्रमबारे टिप्पणी गर्दै सर्वोच्च अदालतले त्यस्ता कार्यक्रम सञ्चालन गर्नु कानुन निर्माताहरूका लागि शोभनीय नहुने ...