। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्केमा वर्षाका कारण लेदोसहितको पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार लेदो सहितको पहिरो हटाएपछि ८ बजेबाट बीपी राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको जानकारी दिए ।
बिहान करिब ४ बजे माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावत ठप्प भएको थियो।
बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।