मुख्य समाचार
इरानका राष्ट्रपति मसुद पेजेश्कियानले जनतालाई कठिन परिस्थितिको सामना गर्न तयार रहनु पर्ने बताए
इरानका राष्ट्रपति मसुद पेजेश्कियानले जनतालाई कठिन परिस्थितिको सामना गर्न तयार रहनु पर्ने बताए

: इरानका राष्ट्रपति मसुद पेजेश्कियानले जनतालाई कठिन परिस्थितिको सामना गर्न तयार रहनु पर्ने बताएका छन् । इरानको फार्स समाचार एजेन्सीका अनुसार पेजेश्कियानले भने, ‘केही मानिस अमेरिका र युरोपमा महँगी बढोस् भन्ने चाहन्छन् । तर युद्ध लडिरहेको हाम्रो देशमा महँगी नबढोस् भन्ने अपेक्षा गर्नु मलाई बुझ्न गाह्रो लाग्छ ।’

उनले भने, ‘जब हामी युद्धमा हुन्छौँ, तब वस्तु तथा सामग्रीको अभाव सामना गर्नुपर्ने हुन्छ र हामीले त्यसबाट उत्पन्न कठिनाइ सामना गर्न तयार रहनुपर्छ ।’
पेजेश्कियानले थपे, ‘हामी लड्नेछौँ र युद्धका कठिनाइलाई पनि स्वीकार गर्नेछौं । क्रान्तिका सर्वोच्च नेताले जे निर्णय गर्नु हुन्छ, हामी अन्तिम समयसम्म उहाँसँगै उभिनेछौं ।’ उनले भने, ‘मलाई लड्न डर लाग्दैन । शहादत हाम्रो सबैभन्दा प्रिय सपना हो र हामी मर्ने बेलासम्म मजबुत भएर उभिइरहनेछौं ।’

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बगेर जोल्घाद्रले अमेरिकाले इरानका छवटा माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोलिने बताएका छन् । बीबीसी फारसीका अनुसार ती मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा छुट, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरानविरुद्धका धम्की रोक्ने र देशको जफत गरिएको सम्पत्ति फुकुवा गर्नेलगायतका विषय छन् । यी शर्तका कारण अमेरिका र इरानबीच तत्काल कुनै सम्झौता हुने सम्भावना कठिन हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम