मुख्य समाचार
३२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा र्‍यालीको आयोजना गरिएको छ
३२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा र्‍यालीको आयोजना गरिएको छ

: ३२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा र्‍यालीको आयोजना गरिएको छ । दिवसको अवसरमा आइतबार काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको र्‍याली निकालिएको छ ।

र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको हो । र्‍यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी तथा प्रस्तुति देखाइएको थियो ।

समारोहमा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहको सहभागिता रहेको छ । कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाज, मानवअधिकारकर्मी, शिक्षाविद्, कलाकार तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको छ । विश्व आदिवासी दिवसले आदिवासी समुदायको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा अधिकारका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उठाउने अवसर प्रदान गर्ने महासंघले जनाएको छ ।

संविधानमा सुनिश्चित गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन, समानुपातिक समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक सम्पदाको संरक्षण अझै महत्वपूर्ण विषय रहेको महासंघको भनाइ छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् । आइतबार ३२औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउँदै परापुर्वकालदेखि बसोबास गर्दै आएका आदिबासी जनजातिको विशिष्ट पहिचान ...
: हरेक वर्ष गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–१ अल्का साँघु भन्ने स्थानमा सास्ती खेप्दै आएका थिए। उक्त स्थानमा मोटरेवल पुल निर्माण सम्पन्न भएको १८ पुग्यो मुआब्जा बिवादका कारण प्रयोगमा नआएको यो पुल बुधबारबाट सञ्चालनमा आएपछि सर्वसाधरणलाई यातायातमा सहज भएको छ। निर्माण सम्पन्न भएको १८ महिनापछि मुआब्जा विवादमा जग्गाधनी र छायाँनाथ रारा नगरपालिकाको सहमति भएपछि लामो ...
: पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तर पूर्वी भेगमा रहेको करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा बढिरहेको छ । साउन महिनामा साविकको भन्दा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढेका छन् । देवताहरुको पनि देवता भगवान शिवको वासस्थान रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा साउन महिनाका साथै ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले भदौदेखि नागरिक, नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिने सहमहामन्त्री असिम शाहले जानकारी दिए। उनका अनुसार कार्यक्रमले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति ...
: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि ...