मुख्य समाचार
इरानी अधिकारीहरूले होर्मुज जलडमरूमध्यसम्बन्धी ओमानसँगको अन्तिम सम्झौताबारे छलफल
इरानी अधिकारीहरूले होर्मुज जलडमरूमध्यसम्बन्धी ओमानसँगको अन्तिम सम्झौताबारे छलफल

: इरानी अधिकारीहरूले होर्मुज जलडमरूमध्यसम्बन्धी ओमानसँगको अन्तिम सम्झौताबारे छलफल गरिरहेका छन् । तर उच्च अधिकारीहरूले रणनीतिक महत्वको उक्त जलमार्ग पूर्ण रूपमा पुनःखोल्ने विषय अमेरिकाबाट हुने सहुलियतमा निर्भर रहने बताएका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शनिबार ओमानसँगको सम्झौता ‘अन्तिम चरणमा पुगेको’ बताएका छन् । तर उनले जलडमरूमध्य पूर्ण रूपमा खोल्ने विषय अमेरिकाले जुनमा भएको समझदारीपत्र अन्तर्गत गरेका प्रतिबद्धता पालना गर्छ कि गर्दैन भन्ने कुरामा निर्भर रहने बताए । इरानका अनुसार अमेरिकाले यसअघि ती प्रतिबद्धता उल्लंघन गरिसकेको छ ।

इरानले यसअघि पनि अमेरिकाले तेहरानसँग समन्वय नगरी जलमार्गको दक्षिणी ओमानी मार्गलाई समर्थन गरेको, लेबनानमाथि इजरायलका आक्रमण रोक्न नसकेको तथा प्रतिबन्धका कारण विदेशमा रोक्का गरिएको इरानको रकम फुकुवा गर्न अस्वीकार गरेको भन्दै आलोचना गर्दै आएको छ ।

यसैबीच शनिबार इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका प्रवक्ता होसेन मोहेब्बीले सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै होर्मुज जलडमरूमध्य पुनःखोल्ने विषयको ‘आफ्नै विशेष प्रक्रिया रहेको र यसको इरान–ओमान वार्तासँग कुनै सम्बन्ध नरहेको’ बताए ।
उनले जलडमरूमध्य पुनःखोल्न इरानले तोकेका ‘शर्तहरू’ स्वीकार गर्न अमेरिका बाध्य हुने दाबी गरे । मोहेब्बीका अनुसार गार्ड कोप्र्सले होर्मुजलाई केवल आर्थिक जलमार्गका रूपमा नभई इरानको भौगोलिक अवस्थासँग जोडिएको शक्ति र प्रभावको स्रोतका रूपमा हेर्छ र त्यसलाई आफ्नो हितमा प्रयोग गर्नेछ । गार्ड कोप्र्सका प्रवक्ताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई ओमानसँग भइरहेको वार्तामा ‘हस्तक्षेप नगर्न’ आग्रह गरे । उनका अनुसार वार्ता अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम