मुख्य समाचार
इजरायली सेनाले आफ्ना सबै सैन्य बिदा रद्द
इजरायली सेनाले आफ्ना सबै सैन्य बिदा रद्द

: मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच वार्ता जारी छ । सम्भवतः चाँडै नै यसबारे कुनै सकारात्मक खबर आउन सक्छ । तर, यसैबीच एउटा आश्चर्यजनक खबर बाहिर आएको छ । इजरायली सेनाले आफ्ना सबै सैन्य बिदा रद्द गरेको बताइएको छ । स्रोतका अनुसार, यस कदमले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि नयाँ हमला गर्ने तयारी गरिरहेको संकेत गरेको हुन सक्छ ।

इजरायली च्यानल १३ का अनुसार, इजरायलले तेहरानविरुद्ध एकतर्फी सैन्य कारबाहीको तयारी गरिरहेको भनिएको समयमा यो निर्णय गरिएको हो । इजरायलले अमेरिका अब आफ्ना शर्तअनुसार युद्ध जारी राख्न तयार नरहेको निष्कर्ष निकालेको बताइएको छ । रिपोर्टहरूका अनुसार, अमेरिका यो संघर्षबाट बाहिर निस्कने बाटो खोजिरहेको छ । अमेरिकी जनरल ड्यान केन ‘अफ–र्याम्प’ अर्थात् युद्धबाट बाहिरिने विकल्प खोजिरहेका छन् र इरानलाई पराजित गर्न केवल हवाई शक्तिले मात्र पर्याप्त नहुने उनको धारणा रहेको बताइएको छ ।

यसैबीच, इजरायलले अमेरिकी कूटनीतिक प्रयासलाई गतिरोधका रूपमा हेर्दै स्वतन्त्र रूपमा कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ । इजरायलले इरान अपेक्षाभन्दा लामो समयसम्म युद्धमा टिकिरहेको निष्कर्ष निकालेपछि यस्तो आकलन गरिएको हो । रिपोर्टहरूमा नेतन्याहूले वरिष्ठ सरकारी अधिकारी तथा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका अधिकारीहरूविरुद्ध हमला गर्न आदेश दिएको दाबी पनि गरिएको छ । यद्यपि, इजरायलले एकतर्फी रूपमा कारबाही अघि बढाएमा इजरायल आफैं इरानको प्रमुख निशाना बन्न सक्ने जोखिम पनि रहेको बताइएको छ ।

किन ग¥यो सबै सैन्य बिदा रद्द ?
रिपोर्टअनुसार, इजरायल डिफेन्स फोर्सेजले आधिकारिक रूपमा सबै सैन्य बिदा रद्द गरेको छ । यो निर्णयले विशेष ध्यान तानेको छ, किनकि इजरायलले यसअघि फेब्रुअरी २६ मा पनि यस्तै निर्णय गरेको थियो । त्यसबेला इरानका सर्वोच्च नेताको परिसरलाई लक्षित गरी गरिएको हमलाभन्दा करिब ४८ घण्टाअघि सैन्य बिदा रद्द गरिएको थियो । त्यसैले, अहिलेको यो निर्णयले इजरायलले फेरि अर्को ठूलो सैन्य कारबाहीको तयारी गरिरहेको हुन सक्ने आशंका बढाएको छ ।

इरानले हाइफा र तेल अभिभलाई दियो धम्की
इरानले यसअघि नै यदि इजरायलले तनाव बढाएमा उसले हाइफा रिफाइनरी तथा तेल अभिभलाई प्रत्यक्ष निशाना बनाउन सक्ने चेतावनी दिइसकेको छ । स्रोतका अनुसार, इजरायलसँग रहेका इन्टरसेप्टर मिसाइलको भण्डार निकै कम भएको दाबी गरिएको छ । यस्तो अवस्थामा नयाँ हमला गरे त्यसको जवाफी कारबाही सामना गर्न इजरायललाई कठिन हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम