मुख्य समाचार
जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोरखामा पक्राउ
जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोरखामा पक्राउ

: कास्की जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोरखामा पक्राउ परेका छन्।

कास्की अदालतबाट एक वर्षको कैद सजाय फैसला भएका थासाङ गाउँपालिका-३ मुस्ताङका दाउद तामाङ आइतबार गोरखा नगरपालिका-११ बाट पक्राउ परेका प्रहरीले जनाएको छ।

गत असार २८ गतेको अदालतको आदेश अनुसार एक वर्ष कैद सजाय तोकिई फरार रहेका तामाङलाई आइतबार गोरखा नगरपालिका वडा नं. ११ बाह्रकिलोबाट पक्राउ गरिएको प्रहरी निरीक्षक धिरेन्द्र यादवले जानकारी दिए। तामाङलाई आइतबार नै कास्की जिल्ला अदालत पठाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि ...
: अविरल बर्षाका कारण उत्तरी गोरखा प्रवेश गर्ने मुख्यद्वार बेनिघाट आरुघाट लार्के सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । केही दिनदेखिको बाढी तथा पहिरोले धार्चे गाउँपालिका–३ स्थित सो सडक विभिन्न ठाउँमा अवरोध भएको जगतका विशाल घलेले जानकारी दिए । ‘तातोपानीदेखि जगतसम्मको सडक तीन ठाउँमा अवरोध छ’, उनले भने, ‘तातोपानीको झरना यति ठूलो छ कि, छाँगोले सडक पूरै ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिँदै उनले कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण समेत भएको उल्लेख गरेका हुन्। उनले नेपाली कांग्रेसले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको ...
: राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् । आइतबार ललितपुरमा आयोजित नेपाल सुशासन सम्मेलन कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै ढकालले देश एकै पटक समृद्ध ...
: झापाको बिर्तामोडमा अटो र ट्याक्टर ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्। बिर्तामोड नगरपालिका-२ बाह्रकोटी गाउँस्थित चैतुबारी–राजगढ भित्री पक्की सडक खण्डमा आज बिहान भामटोलीबाट बिर्तासिटी अस्पतालतर्फ जाँदै गरेको मे १ ह ३८४२ नम्बरको अटोले विपरीत दिशाबाट जाँदै गरेको मे १ त ७१५३ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको ...