मुख्य समाचार
सरकार र आफ्नो पार्टीभित्र केही गडबढ भयो भन्दै भएका हल्लाहरू ‘र्‍युमर’ (अफवाह) मात्रै रहेको दाबी
सरकार र आफ्नो पार्टीभित्र केही गडबढ भयो भन्दै भएका हल्लाहरू ‘र्‍युमर’ (अफवाह) मात्रै रहेको दाबी

। रास्वपा सभापति रवि लामिछानेले सरकार र आफ्नो पार्टीभित्र केही गडबढ भयो भन्दै भएका हल्लाहरू ‘र्‍युमर’ (अफवाह) मात्रै रहेको दाबी गरेका छन् ।

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्ता अफवाहरूलाई स्न्याक्सको रुपमा मात्रै ग्रहण गरिदिन आग्रह गरे ।

‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रुपमा अप्ठेरो पर्‍यो कि, झगडा पो पर्‍यो कि भनेर र्‍युमरहरू आउँछन्, त्यो र्‍युमरहरूलाई आज विकेन्ड पनि हो, त्यो र्‍युमरहरूलाई आज स्न्याक्सको रुपमा ग्रहण गर्नुहोला,’ सभापति लामिछानेले भने, ‘र्‍युमरहरू स्न्याक्स मात्रै हो । त्यसको खास त्यो भन्दा बढी भ्यालु केही पनि छैन ।’

आफ्नो पार्टीले इतिहासलाई नै वाचा गरेको बताउँदै प्रतिबद्धताबाट पछि हट्ने छुट समेत नभएको बताए ।


‘हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गरेको होइन, हामीले हिस्ट्रिलाई प्रमिस गरेको हो । त्यसकारणले आफ्नो वाचा, प्रतिवद्धताबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन,’ सभापति लामिछानेले भने ।

‘आज पनि सरकारले वाचा गरेको छ, हामी धेरै मान्छेलाई रोजगारी दिन्छौं । हामीले भनेका भिडियोहरू यत्रतत्र छन् । भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्दछन् । तर हामी हार मान्दैनौं नि । किनभने हामीलाई हार मान्ने छुट नै छैन,’ उनले थप भनेका छन् ।

इतिहासले कुनै पनि देशलाई, कुनै पनि समाजलाई सधैं यस्तो मौका नदिने उनको भनाइ थियो । ‘तपाईं हामीलाई समाजले इतिहासले एउटा यस्तो मौका दिएको छ, हामी त त्यसको संवाहक मात्रै हौं । तर, साँच्चै परिवर्तन गर्नसक्ने तपाईंहरू हो । हाम्रो काम त तपाईंहरूलाई काम गर्नसक्ने वातावरण बनाइदिने हो,’ सभापति लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता आङ्देम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । ‘नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा ...
: नेपाली सेनामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका–८ बस्ने ३५ वर्षीय हरिश चन्द रहेका छन् । हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट २ लाख ४० हजार रूपैयाँ असुली गरी ठगी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले ...
: कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। वडा नं. ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि भएको दुर्व्यवहार एवं अभद्र व्यवहार गर्ने र अस्पतालमा अनधिकृतरुप प्रवेश गरी सामानहरु तोडफोड गर्ने कार्यमा संलग्न तीन जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक ...
। रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्नसक्ने वातावरण नहुने बताएका छन् । यदी कुनै व्यापारी वा व्यावसायीले गल्ती कुनै समयमा गल्ती गरेको भए उसलाई आर्थिक अपराधको दृष्टिले मात्रै हेरिनुपर्ने सभापति लामिछानेको तर्क छ । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा अन्य अपराधीजस्तो कतिबेला थुन्ला भन्ने डर र त्रास ...
: सुनसरीको बराह क्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–९ स्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ ...