मुख्य समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास बितरणको अवस्थाबारे स्थलगत अनुगमन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास बितरणको अवस्थाबारे स्थलगत अनुगमन

: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास बितरणको अवस्थाबारे स्थलगत अनुगमन गरेकी छन् । बजारमा खाना पकाउने ग्यास अभाव कायमै रहेपछि शनिबार मन्त्री यादवले बिभिन्न ग्यास उद्योगका साथै आयल निगमको टेकुस्थित बितरण केन्द्रको स्थलगत अनुगमन गरेकी हुन् ।

अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको बितरण प्रक्रियाका बारेमा जानकारी लिदै छिटो भन्दा छिटो सहज रुपमा ग्यास पाउने अवस्था बनाउन निर्देशन दिएकी थिइन् । सो क्रममा नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहले अहिले भारतबाट ग्यास आपूर्तिमा कुनै समस्या नदेखिएको भन्दै बितरण प्रणालीमा देखिएको समस्या छिटै समाधान हुने बताए ।

नेपालमा दैनिक करिब ९० हजारदेखि १ लाख ग्यास सिलिन्डरको माग रहेकोमा हाल दैनिक करिब १ लाख ५० हजार सिलिन्डर बिक्री÷वितरण भइरहेको उनले बताए । सहज बितरणका लागि वाणिज्य विभागको १५–२० जनाको टोली तथा मन्त्री र सम्बन्धित अधिकारीहरू निरन्तर बजार अनुगमनमा खटिएको उनले बताए । यता उपभोक्ताहरुले सहज रुपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।

उपभोक्ताहरुले निगमको टेकुस्थित बितरण केन्द्रमा समेत सहज रुपमा ग्यास पाउन नसकेको बताएका छन् । निगमले भने नागरिकलाई रित्तो हात फर्किन नदिन बितरणको समय अवधि थप्ने भन्दै थप जनशक्ति तथा नियन्त्रण कक्षको व्यवस्था गरिएको जनाएको छ । निगमले फुल सिलिण्डरको बिक्री सुरु गरेसँगै बजारमा ग्यासको अभाव देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता आङ्देम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । ‘नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा ...
: नेपाली सेनामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका–८ बस्ने ३५ वर्षीय हरिश चन्द रहेका छन् । हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट २ लाख ४० हजार रूपैयाँ असुली गरी ठगी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले ...
: कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। वडा नं. ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि भएको दुर्व्यवहार एवं अभद्र व्यवहार गर्ने र अस्पतालमा अनधिकृतरुप प्रवेश गरी सामानहरु तोडफोड गर्ने कार्यमा संलग्न तीन जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक ...
। रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्नसक्ने वातावरण नहुने बताएका छन् । यदी कुनै व्यापारी वा व्यावसायीले गल्ती कुनै समयमा गल्ती गरेको भए उसलाई आर्थिक अपराधको दृष्टिले मात्रै हेरिनुपर्ने सभापति लामिछानेको तर्क छ । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा अन्य अपराधीजस्तो कतिबेला थुन्ला भन्ने डर र त्रास ...
: सुनसरीको बराह क्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–९ स्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ ...