मुख्य समाचार
प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताए
प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताए

। आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

‘देश निरन्तर संकटको यात्रामा छ । ४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो, तर जनताले अपेक्षा गरेको सुखद् दिन अझै आउन सकेको छैन,’ साहले भनेका छन् ।

अध्यक्ष साहले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको टिप्पणी पनि गरे ।


वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै यसलाई तोड्न जरुरी रहेको उनको भनाइ थियो ।

नवनिर्मित मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा पदको भागबण्डा नभई देशलाई समृद्धिको दिशामा लैजानु रहेको उनले बताए ।

‘चुनावअघि सुशासन र सेवा प्रवाहका ठूला कुरा गर्नेहरू अहिले सत्तामा पुगेपछि नागरिकलाई लाइनमा बस्न बाध्य पारिरहेका छन् । हाम्रो यो मोर्चा कुनै मन्त्रालय वा शक्ति बाँडफाँडका लागि बनेको होइन,’ उनले भने, ‘यो त मुलुकलाई फेक शासनबाट मुक्त गरी असल शासनतर्फ लैजान, स्वाधीन नेपाल बनाउन र वास्तविक लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको हो ।’

साहका अनुसार यो मोर्चा हिमाल, पहाड र मधेशको साझा प्लेटफर्मका रूपमा रहनेछ । नेपालमा राजनीतिक स्थायित्व नहुने र गठबन्धनहरू छिट्टै टुट्ने प्रवृत्तिको अन्त्य गर्दै यो मोर्चालाई दीर्घकालीन रूपमा अगाडि बढाउने संकल्प पनि उनले गरे ।

विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा साहले निराश जनतामा उत्साह जगाउन र देशको अस्तित्व रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। वडा नं. ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि भएको दुर्व्यवहार एवं अभद्र व्यवहार गर्ने र अस्पतालमा अनधिकृतरुप प्रवेश गरी सामानहरु तोडफोड गर्ने कार्यमा संलग्न तीन जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक ...
। रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्नसक्ने वातावरण नहुने बताएका छन् । यदी कुनै व्यापारी वा व्यावसायीले गल्ती कुनै समयमा गल्ती गरेको भए उसलाई आर्थिक अपराधको दृष्टिले मात्रै हेरिनुपर्ने सभापति लामिछानेको तर्क छ । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा अन्य अपराधीजस्तो कतिबेला थुन्ला भन्ने डर र त्रास ...
: सुनसरीको बराह क्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–९ स्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ ...
। रास्वपा सभापति रवि लामिछानेले सरकार र आफ्नो पार्टीभित्र केही गडबढ भयो भन्दै भएका हल्लाहरू ‘र्‍युमर’ (अफवाह) मात्रै रहेको दाबी गरेका छन् । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्ता अफवाहरूलाई स्न्याक्सको रुपमा मात्रै ग्रहण गरिदिन आग्रह गरे । ‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रुपमा अप्ठेरो पर्‍यो कि, ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता–कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन् । शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने अवस्था आएकाले पार्टीमा सक्रिय रहेका नेता–कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने भन्दै निराश नहुन आग्रह समेत ...