मुख्य समाचार
वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थाले
वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थाले

। वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् ।

उद्योगमा पुराना मेसिन मर्मत गरी आज शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाएका छन् ।

परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो ।

लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको परियारले आफ्नो सामाजिक सञ्जालमा तान चलेको भिडियो सामग्री राख्दै उल्लेख गरेका छन् ।


उनका अनुसार उद्योग पुनः सञ्चालनका लागि लामो समयदेखि भइरहेको प्रयासले अहिले परीक्षण उत्पादनको चरण पूरा भएको हो । नेपाली सेनाका जर्नेलको नेतृत्वमा पुराना मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको उनले बताए ।

हेटौंडा कपडा उद्योग लामो समयदेखि बन्द रहेकाले त्यहाँका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना जीर्ण अवस्थामा पुगेका थिए । पछिल्लो समय उद्योग परिसरको

सरसफाइ, विद्युत् प्रणाली मर्मत तथा मेसिन परीक्षणको काम अघि बढाइएको थियो ।
यसअघि उद्योग सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले तत्काल परीक्षण उत्पादन गर्ने र त्यसको परिणामका आधारमा दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने खाका सरकारलाई बुझाएको थियो । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको कामसमेत सम्पन्न भएको जनाइएको थियो । यसअघि सरकारले हेटौंडा कपडा उद्योगलाई चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने तयारी गरेको बताएको थियो ।

उद्योगमन्त्री गौरीकुमारी यादवले रुग्ण उद्योगमध्ये हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने र कपडा उद्योगसँगै बुटवल धागो कारखाना तथा कपास खेतीलाई समेत अघि बढाउने बताएकी थिइन् । सरकारले १८ असार हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढेको हो ।

दुई दशकपछि उद्योगमा फेरि उत्पादनको तयारी

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । तर, लामो समय सञ्चालनमा रहन नसकेपछि २०५७ सालदेखि उद्योग बन्द अवस्थामा छ।

उद्योग पुनः सञ्चालनको प्रयास भने नयाँ होइन । यसअघि पनि विभिन्न सरकारले पटक–पटक उद्योग सञ्चालन गर्ने घोषणा र अध्ययन गरेका थिए । २०७३ सालमा उद्योग पुनः सञ्चालनबारे विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो भने २०७५ सालमा सरकारले उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको अध्ययन प्रतिवेदनसमेत तयार गरेको थियो। त्यतिबेला उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ खर्च आवश्यक पर्ने र विभिन्न मोडालिटीबाट सञ्चालन गर्न सकिने सुझाव दिइएको थियो ।

त्यसैगरी, २०७५ सालमै नेपाली सेनालाई समेत संलग्न गराएर उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो । पछिल्लो पटक २०८१/८२ को बजेटमा पनि हेटौंडा कपडा उद्योगलाई सार्वजनिक-निजी साझेदारीमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो ।

परीक्षण उत्पादनपछि अब दीर्घकालीन योजना परीक्षण उत्पादन सुरु हुनु उद्योग पुनः सञ्चालनको महत्वपूर्ण सुरुवात भए पनि उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी र दिगो बनाउने चुनौती सरकार सामू बाँकी नै छ । उद्योगका पुराना मेसिन तथा प्रविधि, उत्पादन लागत र निजी क्षेत्रसँगको प्रतिस्पर्धाका विषयमा प्रश्नहरू उठेका छन् ।

पुरानो प्रविधिबाट उत्पादन गर्दा आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने र नयाँ प्रविधिमा ठूलो लगानी आवश्यक पर्ने विज्ञ तथा उद्योगसम्बद्ध अधिकारीहरूको धारणा छ । हेटौंडा कपडा उद्योगलाई दिगो बनाउन कपास र धागोको आपूर्तिलगायत कच्चा पदार्थको सुनिश्चिततासमेत महत्वपूर्ण हुने विषय विगतदेखि उठ्दै आएको छ । तर, अहिले भने लामो समयदेखि नचलिरहेको उद्योगका तान फेरि चल्नु आफैंमा आशाको नयाँ संकेत बनेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको बताएका छन् ।

उनका अनुसार सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन अघि बढाइएको र त्यसपछि सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भई केही मात्रामा कपडा उत्पादनसमेत सुरु भइसकेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सल्यानमा सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका-२ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो । प्रहरीका अनुसार पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली ...
। नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट–१ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पूर्वसभापति देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् । महतले पूर्वप्रधानमन्त्री देउवा २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय ...
। बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ...
। प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् । उनले नआत्तिन पनि सबैलाई आग्रह गरेका छन् । शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको बताएका ...
। विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित साना आठ दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् । जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् । नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित ...