मुख्य समाचार
शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान
शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान

। नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट–१ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पूर्वसभापति देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।

महतले पूर्वप्रधानमन्त्री देउवा २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय भए पनि सबैलाई सहज हुने गरी दिउँसोको समय मिलाउने प्रयास भइरहेको बताए पनि बताए । ‘अहिलेसम्म देउवा आउने पूर्वनिर्धारित कार्यक्रम २६ गते ९ः४५ बजे नै छ,’ उनले भने, ‘तर, सबैलाई सजिलो होस् भनेर हामी सकेसम्म दिउँसोको समय मिलाउने कोसिस गरिरहेका छौं ।’

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।


कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा आयोजना हुन गइरहेको राष्ट्रिय भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताएको छ । उक्त समूहले भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् । उद्योगमा पुराना मेसिन मर्मत गरी आज शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाएका छन् । परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो ...
। सल्यानमा सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका-२ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो । प्रहरीका अनुसार पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली ...
। बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ...
। प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् । उनले नआत्तिन पनि सबैलाई आग्रह गरेका छन् । शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको बताएका ...
। विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित साना आठ दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् । जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् । नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित ...