मुख्य समाचार
उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न
उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न

। उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र शुक्रबार सम्पन्न भएको छ । विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समय सापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थागत मिसनसँग पङ्क्तिबद्ध बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले यो दुई दिने कार्यशाला आयोजना गरेको हो ।

कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, अनुसन्धानकर्ता, नीति निर्माता तथा विज्ञहरूको सहभागिता छ ।

पहिलो सत्रमा शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबीच असल अभ्यासको आदानप्रदान आवश्यक रहेको बताए ।

उनले शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी, निष्पक्ष र समान मापदण्डमा आधारित हुनुपर्नेमा जोड दिँदै विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण र विश्वविद्यालयको सञ्चालन तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्ने उल्लेख गरे ।


मन्त्रालयका सचिव चुडामणि पौडेलले बदलिँदो परिवेशअनुसार विश्वविद्यालय सुधार गरी अन्तर्राष्ट्रिय स्तरको उत्कृष्टता हासिल गर्ने दिशामा कार्यशालाबाट महत्वपूर्ण निष्कर्ष आउने विश्वास व्यक्त गरे ।

कार्यशालामा विश्वविद्यालयहरूको ज्ञान उत्पादन, अनुसन्धान, नवप्रवर्तन तथा सामुदायिक योगदानलाई प्रभावकारी बनाउन विद्यमान भर्ना तथा पदोन्नति नीतिको समीक्षा आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।

यस्तै, उत्कृष्ट अभ्यासहरूको पहिचान, संस्थागत मिशनसँग मेल खाने प्रोत्साहन प्रणालीको विकास तथा उच्च शिक्षामा दीर्घकालीन नीति सुधारका सम्भावनाबारे पनि कार्यशालामा छलफल भएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति, प्राध्यापक र नीति विज्ञहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन दिएका छन्। बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग भएको उच्चस्तरीय भेटघाट तथा समीक्षा बैठकका क्रममा प्रधानमन्त्री शाहले यो विपत्ति सामूहिक साहस र दृढताले मात्र सामना गर्न सकिने बताउँदै सबै निकायबीच निरन्तर समन्वय र सहकार्य ...
: लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा ...
: झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको तार तानेर नजिकैको झिलिमिले नहरमा माछा ...
: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल ...