मुख्य समाचार
होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठन
होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठन

। होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठन गरिएको छ । साविकको नेप्लिज होटेलियर्स एसोसिएसन लुम्बिनीसँग एकीकरण गरी बुटवलमा सम्पन्न व्यवसायीहरूको भेलाले सीपी श्रेष्ठ अध्यक्ष रहेको तदर्थ समिति गठन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा र उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ चयन भएका छन् ।

यस्तै, महासचिवमा टेकनाथ बस्याल, सचिवमा दिलीप गौचन र कोषाध्यक्षमा सुशान्त गौचन चयन भएका छन् ।

संघको कार्यसमिति सदस्यहरूमा प्रणदा दीक्षित, ओबिन्द्र महरा, धीरेन्द्र प्रधान, कमल पौडेल, गिरिराज पाण्डे, लक्ष्मण भण्डारी, दुर्गा बस्याल, पदमवीर थापा र निर्मल श्रेष्ठ रहेका छन् ।


संघको सल्लाहकारमा महेन्द्रनारायण श्रेष्ठ र गोपाल राना रहेका छन् ।

समिति गठन कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतीय पर्यटकलाई लक्षित गरी प्रदेशका मुख्य धार्मिक पर्यटकीय स्थलहरूमा स्तरीय शाकाहारी होटेलहरू अभाव रहेकाले बनाउन सुझाव दिए ।

मुख्यमन्त्री आचार्यले पर्यटकको बसाई लम्ब्याउन सके मात्र लाभ लिन सकिने भएकाले आकर्षक प्याकेजसहित भारतको उत्तर प्रदेशमा बजारीकरण गर्न सुझाव दिए ।

हान लुम्बिनीमा तारे स्तरका ४० बढी होटेलहरू आबद्ध रहेको महासचिव टेकनाथ बस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन दिएका छन्। बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग भएको उच्चस्तरीय भेटघाट तथा समीक्षा बैठकका क्रममा प्रधानमन्त्री शाहले यो विपत्ति सामूहिक साहस र दृढताले मात्र सामना गर्न सकिने बताउँदै सबै निकायबीच निरन्तर समन्वय र सहकार्य ...
: लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा ...
: झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको तार तानेर नजिकैको झिलिमिले नहरमा माछा ...
: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल ...