मुख्य समाचार
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन

: प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरवारमा शुक्रबार बसेको समिति बैठकले कर्णाली, सुदूरपश्चिम र दुर्गम क्षेत्रः केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली, सुदूरपश्चिम र अन्य दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले ठेक्का सम्झौता हुनुअघि नै विद्युतका पोल तथा अन्य संरचना कहाँ र कहिले स्थानान्तरण गर्ने भन्ने स्पष्ट कार्ययोजना, समयसीमा र बजेट निर्धारण गर्न समेत निर्देशन दिएको छ भने सडक ठेक्का र विद्युत संरचना स्थानान्तरणलाई छुट्टाछुट्टै नराखी सडक विभाग र विद्युत प्राधिकरणले एकीकृत रूपमा काम गर्न समेत निर्देशन दिएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए ।

त्यस्तै बैठकले सडक चौडाइ विस्तार र निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने स्थिति आउन नदिन अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारणबीच समन्वय गर्न पनि निर्देशन दिएको छ भने बारम्बार बत्ती जाने र विद्युत आपूर्तिमा अवरोध हुने क्षेत्रको पहिचान गर्दै आवश्यकता अनुसार ट्रान्सफर्मर थप गर्ने, फिडर उपलब्ध गराउन र पुराना संरचना सुधार गर्न निर्देशन दिएको सभापति गजुरेलले बताए ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जनप्रतिनिधिको समन्वयमा आयोजनाहरू सञ्चालन गर्न र कार्यक्रम वर्गीकरण गर्न कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिए । मन्त्रालयको सिँचाइतर्फको अधिकार÷विषय प्रदेश र जिल्ला सिँचाइ कार्यालयहरूमा गइसकेको उनले बताए । उनले आम नागरिकलाई प्राविधिक वा नीतिगत विषयभन्दा पनि नियमित विद्युतको बिषय सरोकार हुने भएकाले विद्युत आपूर्ति, माग र ट्रान्समिसन लाइनमा विषेश ध्यान दिइएको उल्लेख गरे ।

उनले विद्युतको माग वार्षिक औसत १५ प्रतिशतले बढेको भए पनि सोही अनुपातमा वितरण प्रणाली र संरचनाहरूको विस्तार हुन नसकेको बताए । यस वर्ष सरकार र मन्त्रालयले ट्रान्समिसन लाइन र वितरण प्रणालीको स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले विगतमा खरिद प्रक्रिया ढिलो भएकाले हाल ट्रान्सफर्मरको केही अभाव रहेको भन्दै मिटरसम्बन्धी गुनासाहरू भने क्रमिक रूपमा घट्दै गएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन दिएका छन्। बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग भएको उच्चस्तरीय भेटघाट तथा समीक्षा बैठकका क्रममा प्रधानमन्त्री शाहले यो विपत्ति सामूहिक साहस र दृढताले मात्र सामना गर्न सकिने बताउँदै सबै निकायबीच निरन्तर समन्वय र सहकार्य ...
: लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा ...
: झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको तार तानेर नजिकैको झिलिमिले नहरमा माछा ...
: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल ...