मुख्य समाचार
दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि–हिमालको आधार शिविरमा पाँच जनाको शव फेला
दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि–हिमालको आधार शिविरमा पाँच जनाको शव फेला

: दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि–हिमालको आधार शिविरमा पाँच जनाको शव फेला परेको छ । यलुङ रि–आधार शिविरमा देखिएको पाँच वटा शव गत वर्ष कात्तिक १७ गते यलुङ रि आरोहणका क्रममा हिमपहिरोमा परेकाहरुको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

गत वर्ष कात्तिक १७ गते यलुङ रि हिमाल आरोहणका क्रममा पाँच विदेशीसहित दुई नेपाली हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेका दुई जनाको शव फेला परे पनि पाँच जना बेपत्ता भएका थिए । हिउँ पग्लिएपछि बिहीबार शव देखिएको र स्थानीयले तत्काल लिखित रूपमा प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । शुक्रबार हेलिकोप्टरमार्फत प्रहरी टोली यलुङ रिको आधार शिविरमा पुगे पनि मौसम खराब भएपछि शव नलिई फर्केको पनि जनाएको छ ।

गत वर्ष कात्तिक १७ गतेको हिमपहिरोमा नेपाली पथ प्रदशर्क सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङको मृत्यु भएको थियो । हिमपहिरोमा परी इटलीका २, क्यानडाका १, फ्रान्सका १ र जर्मनीका १ पर्वतारोही बेपत्ता भएका थिए । यलुङ रिमा देखिएको शव हिमपहिरोमा बेपत्ता भएकाहरूको नै हो वा होइन भन्ने पहिचान भएपछि मात्रै भन्न सकिने प्रहरी कार्यालय दोलखाले जनाएको छ । सबै शव मौसमअनुकूल हुने बित्तिकै ल्याइने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा शुक्रबार बसेको समिति बैठकले कर्णाली, सुदूरपश्चिम र दुर्गम क्षेत्रः केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली, सुदूरपश्चिम र अन्य दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ...
: नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र विद्यालय शिक्षासम्बन्धी विभिन्न माग पूरा नभएको भन्दै आगामी भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद्को बैठकले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न, शिक्षामा लगानी बढाउन, शिक्षक-कर्मचारीका सेवा-सुविधा र पेशागत अधिकार सुनिश्चित गर्न तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन ...
: प्रतिनिधिसभाका सांसद पारसमणि गेलालले मल र ग्यासका लागि नागरिकहरु लाइनमा बसिरहेको भिडियो आइरहेको बताउँदै यसबारे सम्बन्धित मन्त्रालयले स्पष्ट बताइ दिनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद गेलालले बेलका, त्रिुयुगा र चौदन्डीगढी नगरपालिकामा मल लिनका लागि हजारौं नागरिकहरु लाइनमा बसेको विभिन्न सञ्चारमाध्यमहरुबाट आफूलाई ट्याग गरेर भिडियोहरु आइरहेको पनि उनले बताए । सांसद गेलालले ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खत्रीविरुद्ध घुस रिसवत लिइ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइ दिन ...
: कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले जानकारी दिए। भेलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता, सहभागी सह-सहितको भावी कार्यदिशा तय गर्ने उनले बताए। देउवा ...